काठमाडौँ । सरकार र शिक्षक महासंघबीच ९ बुँदे सहमति भएको छ। उक्त सहमति बुधबार बसेको मन्त्रिपरिषद्ले अनुमोदन गरेको हो।
सहमति अनुमोदन भएसँगै शिक्षामन्त्री रघुजी पन्तले बुधबार राति नै सिंहदरबारमा पत्रकार सम्मेलन गरेर शिक्षकहरुको आन्दोलन स्थगित भएको जानकारी गराए।
यससँगै आन्दोलनरत शिक्षकहरूको २९ दिन लामो आन्दोलन अन्त्य भएको छ।
९ बुँदे सहमतिपत्र सार्वजनिक गर्दै शिक्षामन्त्री पन्तले सहमति कार्यान्वयन गर्न सरकारलाई ८ अर्ब रुपैयाँ दायित्व बढ्ने जानकारी गराए ।