माघ ९, काठमाडौँ ।
पछिल्लो २४ घण्टामा ३०२ सङ्क्रमित थपिएका छन् । आज थपिएका सङ्क्रमितमध्ये पुरुष ५९ र महिला ५३ रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
आजसम्म दुई लाख ६३ हजार ३४८ सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । निको हुने दर ९७ दशमलव नौ प्रतिशत रहेको छ । पीसीआर परीक्षणमध्ये सङ्क्रमण दर १३ दशमलव दुई प्रतिशत छ । योसँगै जम्मा सङ्क्रमितको सङ्ख्या दुई लाख ६८ हजार ९४८ पुगेको छ ।
काठमाडौँ उपत्यकामा आज ११२ सङ्क्रमित थप भएका छन् । ती मध्ये ५९ पुरुष र ५३ महिला रहेका छन् । उपत्यकामा हाल काठमाडौँमा दुई हजार ६१, ललितपुर १७५ र भक्तपुरका ३७ सक्रिय सङ्क्रमित रहेका छन् ।
पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरी तीन हजार ५४५ नमूना परीक्षण भएको थियो । हालसम्म २० लाख ३५ हजार ३०१ नमूना परीक्षण भइसकेको छ ।
प्रति १० लाख जनसङ्ख्यामा ६९ हजार ७४८ परीक्षण भएको बताइएको छ । हालसम्म पीसीआर परीक्षणमध्ये सङ्क्रमण दर १३ दशमलव दुई प्रतिशत छ ।
सक्रिय सङ्क्रमितमध्ये हाल ८७९ होम आइसोलेसनमा छन् ।
देशभरमा गरी आज १५४ सङ्क्रमित आईसीयूमा रहेका छन् भने ३१ सङ्क्रमित भेण्टिलेटरमा रहेका छन् ।