राष्ट्रिय सतर्कता केन्द्रले बुझायो प्रधानमन्त्रीलाई २०८०-८१ को वार्षिक प्रतिवेदन

राष्ट्रिय सतर्कता केन्द्रले बुझायो प्रधानमन्त्रीलाई २०८०-८१ को वार्षिक प्रतिवेदन

२०८२, जेठ १४ मंगलवार

  • 777
    SHARES

  • राष्ट्रिय सतर्कता केन्द्रले बुझायो प्रधानमन्त्रीलाई २०८०-८१ को वार्षिक प्रतिवेदन

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सतर्कता केन्द्रले मंगलबार आर्थिक वर्ष २०८०-८१ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजित कार्यक्रममा केन्द्रका सचिव सुरजकुमार वैद्यले प्रधानमन्त्री ओलीसमक्ष सो प्रतिवेदन पेस गरेका हुन् ।

    सो अवसरमा प्रधानमन्त्री ओलीले सुशासन र विकासको मुख्य कार्यभार लिएर वर्तमान सरकार बनेकाले सोही बमोजिम प्रभावकारी ढङ्गबाट कामकाज गर्न निर्देशन दिए । उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहतमा रहेकाले नियमित ‘रिपोर्टिङ’ गर्ने र निर्देशन पालना गर्ने सवालमा केन्द्र अझ सक्रिय हुनुपर्नेमा जोड दिँदै विकास र सुशासनको वाधक भ्रष्टाचार भएकाले यसको नियन्त्रणका लागि सम्बद्ध सबै पक्षले इमानदारीपूर्वक तोकिएको जिम्मेवारी पूरा गर्नुपर्ने बताए ।

    प्रतिवेदनमा १६औँ योजनाको लक्ष्यअनुसार भ्रष्टाचार अन्त्य र सुशासन कायमका लागि केन्द्रले सार्वजनिक निकायबाट प्रदान हुने सेवा प्रवाह प्रभावकारी तुल्याउन नियमन र अनुगमन, छड्के जाँचलगायतका काम गर्दै आएको उल्लेख छ । अनुगमनका क्रममा कुनै अनियमितता भेटिएमा केन्द्रले कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लेखी पठाउने गर्दछ ।

    २०८२, जेठ १४ मंगलवार०५:२१:०२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार