काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवं पूर्वअर्थमन्त्री जनार्दन शर्माले बजेटमा केही नयाँ कुरा आएको भए पनि देशको समस्या समाधान गर्न नसक्ने बताएका छन्।
शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले बजेटमा केही नयाँ कुराहरु रहेको तर निर्यातभन्दा आयात १० गुणा गर्ने आजको अवस्थालाई समाधान गर्ने कुरा नरहेको बताए। उनले त्यसको समाधान गर्न निजी क्षेत्रहरुलाई साधन, श्रोत, उत्पादनहरुसँग जोडेर लगानी गर्नको लागि बजेटले कति काम गर्छ भन्ने प्रश्न रहेको बताए।
बजेटमा उद्योगीहरुलाई किसान, श्रोत साधनसँग जोड्ने कार्यक्रम नभेटेको उनको भनाइ थियो। दुई ठूला राजनीतिक दलहरुको शक्तिशाली सरकारको तुलनामा शक्तिशाली बजेट भने आउन नसकेको उनले उल्लेख गरे।