प्रमुख प्रशासकीय अधिकृतलाई छल्दै बालेनले थाले बजेट निर्माण

प्रमुख प्रशासकीय अधिकृतलाई छल्दै बालेनले थाले बजेट निर्माण

२०८२, आषाढ ३ मंगलवार

  • 681
    SHARES

  • प्रमुख प्रशासकीय अधिकृतलाई छल्दै बालेनले थाले बजेट निर्माण

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई बाइपास गरेर बजेट निर्माण थालेका छन्।

    शाहले कार्यपालिका सदस्य र नगर सभा सदस्यहरुले निरन्तर दबाब दिएपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको बैठक राख्ने तयारी गरेका हुन्। गुरागाईँलाई बाइपास गरेर प्रशासनलाई जवरजस्ती प्रस्ताव तयार गर्न लगाएको महानगर स्रोतको दाबी छ।

    स्थानीय तहले असार १० सम्ममा बजेट पेश गर्नुपर्ने कानुनी वाध्यता छ भने असार मसान्तासम्म पारित गरिसक्नुपर्ने उल्लेख छ । तर, मेयर साह संयोजक रहेको स्रोत अनुमान तथा बजेट समितिको बैठक अहिलेसम्म बस्न नसकेपछि बजेट नै अन्योलमा परेको थियो ।

    कार्यपालिका र नगर सभा मात्रै होइन स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको बैठकसमेत छल्दै आउनु भएका मेयर साहले समितिका सदस्य सचिव गुरागाईँ विना नै बैठक राख्ने कसरत गरेपछि उक्त बैठक पनि अन्योलमा पर्ने निश्चित भएको छ ।

    स्रोतका अनुसार साहले असार ४ गते ११ बजे मेयर साहकै बैठक कक्षमा बैठक बोलाएको बुझिएको छ । तर, सदस्य सचिव अनिवार्य हुनुपर्ने बैठकमा उहाँलाई नै ‘बाइपास’ गरेपछि बैठक अन्योल बन्ने महानगर स्रोतले जानकारी दिएको छ । समितिको सदस्यमा उपप्रमुख डंगोलसँगै कार्यपालिका सदस्यहरु नविन मानन्धर, नवराज पराजुली, मैयालक्ष्मी महर्जन, अनिता कार्की रहेका छन्।

    स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १७ को उपदफा १ अनुसार ‘कार्यपालिकाको बैठक कम्तीमा महिनाको एक पटक बस्नेछ’ भन्ने व्यवस्था रहे पनि काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक करीब ७ महिनादेखि बस्न सकेको छैन । नगरसभाको बैठक पनि ६ महिनामा अनिवार्य बस्नुपर्ने हुन्छ ।

    अझ बजेटको सम्मुखमा नगरसभा बैठक बस्नै पर्ने बाध्यता छ । तर, मेयर साहले भने कार्यपालिका र नगर सभा दुबै बैठक छल्दै हिँडेपछि महानगरपालिका भित्र गर्नुपर्ने विकास निर्माण, नीतिगत निर्णयलगायतका कामहरुमा पनि अन्योलता देखिदै आएको छ।

    २०८२, आषाढ ३ मंगलवार०९:५६:०२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार