शिक्षक संगठनको अध्यक्षमा हंशबहादुर शाही निर्वाचित (सूचिसहित)

शिक्षक संगठनको अध्यक्षमा हंशबहादुर शाही निर्वाचित (सूचिसहित)

२०८२, आषाढ ८ आइतवार

  • 1.4K
    SHARES

  • शिक्षक संगठनको अध्यक्षमा हंशबहादुर शाही निर्वाचित (सूचिसहित)

    काठमाडौं । नेकपा एमालेनिकट नेपाल राष्ट्रिय शिक्षक संगठनको अध्यक्षमा हंशबहादुर शाही निर्वाचित हुनुभएको छ। संगठनको १४ राष्ट्रिय महाधिवेशन अन्तर्गत नेतृत्व चुन्न शनिबार राति विद्युतीय मतदान भएको थियो।

    यसअघि दुई कार्यकाल महासचिव भइसक्नुभएका शाही प्रतिद्धन्दी याम बहादुर कुँवर र कमला थापालाई फराकिलो मतान्तरले पराजित गर्दै अध्यक्षमा निर्वाचित हुनु भएको हो ।

    bb.jpeg

    त्यस्तै, वरिष्ठ उपाध्यक्षमा जंगबहादुर गर्वुजा, उपाध्यक्षमा गोविन्द भण्डारी निर्वाचित हुनुभएको छ। त्यस्तै उपाध्यक्ष (महिला) तर्फत अम्बिका चापागाईं चुनिनुभएको छ ।

    महासचिवमा प्रकाश खनाल निर्वाचित हुनुभएको छ । कोषाध्यक्षमा नरवहादुर रावल, उपमहासचिवमा श्रीराम दाहाल, सचिवमा वामदेव सुवेदी र सचिव (महिला) तर्फ वेणु काफ्ले निर्वाचित हुनुभएको छ । बिहीबारदेखि भएको महाधिवेशनमा ४८० प्रतिनिधि थिए। 

    निर्वाचित सूचि:

    1.jpg2.jpg3.jpg4.jpg55.jpg666.jpg7.jpg8.jpg

    २०८२, आषाढ ८ आइतवार०७:३९:३९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार