मौद्रिक नीति आज सार्वजनिक हुँदै

मौद्रिक नीति आज सार्वजनिक हुँदै

२०८२, आषाढ २७ शुक्रवार

  • 969
    SHARES

  • मौद्रिक नीति आज सार्वजनिक हुँदै

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीतिको तयारी पूरा गरेको छ । केन्द्रीय बैंकले आज बस्ने सञ्चालक समितिको बैठकले स्वीकृत गरेपछि मौद्रिक नीति सार्वजनिक गर्नेछ ।

    नवनियुक्त गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले तयार गरेको पहिलो मौद्रिक नीति भएकाले चासोका साथ हेरिएको छ । 

    बिहीबार केन्द्रीय बैंकको व्यवस्थापन समितिमा गहन छलफलपछि प्रस्तावित मौद्रिक नीतिबारे सञ्चालक समितिमा समेत छलफल भएको थियो । बिहीबार सञ्चालक समितिमा मौद्रिक नीतिको भूमिका उपर छलफल भएको राष्ट्र बैंक स्रोतको भनाइ छ ।

    हाल अर्थतन्त्र सुस्त छ । न्यून ब्याजदर हुँदा पनि कर्जाको माग बढ्न सकेको छैन । त्यसैगरी वित्तीय प्रणालीमा करिब ८ खर्ब अधिक तरलता छ । वित्तीय प्रणालीबाट केन्द्रीय बैंकले खिचेको पैसा नै ६ खर्बभन्दा धेरै केन्द्रीय बैंकमा थुप्रिएको छ । यस्तो अवस्थामा कर्जाको माग बढाउने गरि तथा अर्थतन्त्र चलायमान हुने गरी केन्द्रीय बैंकले मौद्रिक नीति तयार पार्नु पर्ने दवाव राष्ट्रबैंकलाई छ । 

    २०८२, आषाढ २७ शुक्रवार०९:०८:०७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार