आज अन्तरराष्ट्रिय नेल्सन मन्डेला दिवस

आज अन्तरराष्ट्रिय नेल्सन मन्डेला दिवस

२०८२, श्रावण ३ शुक्रवार

  • 749
    SHARES

  • आज अन्तरराष्ट्रिय नेल्सन मन्डेला दिवस

    काठमाडौँ । आज अन्तरराष्ट्रिय नेल्सन मन्डेला दिवस हो । स्वतन्त्रता र शान्तिको संस्कृति निर्माणमा दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति नेल्सन मन्डेलाले गरेको योगदानको कदर गर्दै सन् २००९ देखि संयुक्त राष्ट्रसंघको आह्वानमा यो दिवस मनाउन प्रारम्भ भएको हो । 

    मानवताको सेवामा गरेको समर्पण, द्वन्द्व समाधान, मानवअधिकारको रक्षा, मेलमिलाप, लैङ्गिक समानता र बालबालिकाका साथै अन्य कमजोर समूहको अधिकारको रक्षाका निम्ति अश्वेत नेता मन्डेलाले जीवनभर संघर्ष गरेका थिए । 

    यसै अवसरमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले जारी गरेको सन्देशमा नेल्सन मन्डेलाको असाधारण जीवनले कसरी उत्पीडन, संघर्ष र अधीनतालाई मेलमिलाप, सामाजिक न्याय र एकतामा रूपान्तरण गर्न सक्छ भन्ने देखाएको बताएका छन् । 

    नेता मन्डेलाको स्वतन्त्रता, न्याय र समानताप्रतिको प्रतिबद्धताबाट प्रेरित भएर काम गर्न विश्ववासीलाई महासचिव गुटरेसले आह्वान गरेका छन् । 

    २०८२, श्रावण ३ शुक्रवार०९:५७:४५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार