पेट्रोलमा घट्दा, डिजल र मट्टितेलमा भने मूल्य बढ्यो

पेट्रोलमा घट्दा, डिजल र मट्टितेलमा भने मूल्य बढ्यो

२०८२, श्रावण १७ शुक्रवार

  • 1.1K
    SHARES

  • पेट्रोलमा घट्दा, डिजल र मट्टितेलमा भने मूल्य बढ्यो

    काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर रु एकले घटाएको छ ।

    यस्तै, डिजल र मट्टितेलमा भने प्रतिलिटर रु दुईले बढाइएको छ । यस्तै हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर रु तीन र हवाई इन्धन अन्तरराष्ट्रियतर्फ अमेरिकी डलर २१ ले बढाइएको छ ।

    नयाँ मूल्यसूची अनुसार पेट्रोल प्रतिलिटर एक सय ५९, डिजल र मट्टितेल प्रतिलिटर एक सय ५०, हवाई इन्धन प्रतिलिटर रु एक सय २८ तय गरिएको निगमले आज साँझ जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत रहेको छ । नयाँ मूल्यसूची आज मध्यरात १२ बजेदेखि लागू हुने निगमले जनाएको छ ।

    २०८२, श्रावण १७ शुक्रवार०९:५०:३०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार