चीनले भन्यो, ‘मोदीलाई स्वागत गरिनेछ’

चीनले भन्यो, ‘मोदीलाई स्वागत गरिनेछ’

२०८२, श्रावण २४ शुक्रवार

  • 761
    SHARES

  • चीनले भन्यो, ‘मोदीलाई स्वागत गरिनेछ’

    एजेन्सी । चीनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमण पक्का भएको भन्दै उनलाई चीनले स्वागत गर्ने बताएको छ। चीनका विदेश मन्त्रीले सांघाइ सहयोग संगठन (एससीओ) समिटमा सहभागि हुन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चीन भ्रमणमा आउने बताए।

    विदेश मन्त्री वाङ यीले भने, ‘एससीओ समिटमा चीन भ्रमणमा आउन लाग्नु भएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाइ चीन स्वागत गर्द छ।' उनले थपे 'सहभागि हुने सम्पूर्ण देशका सहभागिहरुले एससीओ समिटलाइ फरक उचाइमा पुर्याउने विश्वास गर्दै सुन्दर भविष्य निर्माणमा एकताबद्ध भएर अघि बढ्ने प्रतिवद्धतामा यो समिट महत्वपूर्ण र फलदायि हुने विश्वास लिएको छ।’

    चीनमा आयोजना हुने प्रतिस्ठित सांघाइ सहयोग संगठन (एससीओ) समिटमा सहभागी हुन मोदी ३१ अगस्ट देखि १ सेप्टेम्बर सम्म चीनको भ्रमणमा निस्किन लागेका हुन्। उनी २०२० मा गलवानमा भएको भारतीय र चीनीया सेनाबिचको भिडन्तपछि पहिलो पटक चीन जान लागेका हुन्।

    कतिपयले यो भ्रमणलाइ ट्रम्पले भारतमाथि बढाएको दबाबको काउन्टर गर्नका लागि मोदीले चीनको भ्रमण रोजेको रुपमा समेत हेरेका छन्। त्यसोत चीन र भारत बिच पछिल्ला केही वर्ष सम्बन्ध तनावपूर्ण रहेपनि अहिले भने सुधार गर्ने प्रयासमा दुबै देश रहेका छन्।

    मोदी पछिल्लो समय २०१८ मा चीन भ्रमणमा गएका थिए। प्रधानमन्त्रीका रुपमा यो भारतको छैटौं चीन भ्रमण हो। यो गलवान घटनापछि भने पहिलो चीन भ्रमण हो। चीन भ्रमण अघि मोदी ३० अगस्टमा जापान भ्रमणमा जाने छन्। उनले त्यहाँ भारत-जापान शिखर सम्मेलनमा भाग लिने छन्।

    त्यसोत गत महिना विदेशमन्त्री एस जयशंकरले चीनको भ्रमण गरेका थिए। उनले राष्ट्रपति सी जीनपिङसँग भेटघाट गरेका थिए। जयशंकरले जल संसाधनको डेटा शेयर गर्ने, ब्यापार प्रतिबन्ध, एलएसी तनाव तथा आतंकवादी र उग्रवादको विरुद्धको कदम लगाय विषयमा छलफल भएको थियो।

    त्यसोत पछिल्लो पटक मोदी र जीनपीङबिच २०२४ को अक्टोबरमा रसियामा ब्रिक्स समिटका दौरान भेट भएको थियो । उक्त समयमा दुबै देशले आपसी विश्वास, आपसी सम्मान र आपसी संवेदनशीलताका विषयमा खुलेर कुरा गरेका थिए।

    धेरैले अहिलेको मोदी भ्रमणमा अमेरिकी राष्ट्रपति ट्रम्पले विश्वव्यापी रुपमा थोपरेको कर तथा ट्रम्पले भारतलाइ रुससँग तेल र हतियार नकिन्न दिएको चेतावनीबिच हुन लागेको हो। अमेरिकाले भारतलाइ ५० प्रतिशत कर लगाउँदै थप कठोर कदम चाल्ने धम्की समेत दिएको छ।

    त्यसोत शी जिनपिङ पछिल्लो पटक २०१९ मा भारत भ्रमणमा आएका थिए। दुबे देशले सम्बन्ध बलियो बनाउने विश्वास गरेका थिए। तर गलवान झडपपछि भने दुइ देशको सम्बन्ध बिग्रिन पुगेको थियो।

    मोदीले भाग लिन जान लागेको एससीओ के हो ?

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चीनमा सहभागि हुने तय भएको एससीओ एक क्षेत्रीय अन्तर्राष्ट्रिय संगठन हो। सांघाई सहयोग संगठन (एससीओ) को स्थापना २००१ मा भएको थियो। चीन, रुस, काजाकिस्तान, किर्गिस्तान, ताजिकिस्तान र उज्बेकिस्तान मिलेर यो संगठन बनेको थियो। पछि भारत र पाकिस्तानलाई २०१७ मा यो संगठनमा आवद्ध गरिएको थियो। २०२३ देखी यो संगठनमा इरान समेत जोडिएको छ।

    एससीओको उदेश्य सदस्य देशबिचको सुरक्षा, आर्थिक तथा राजनीतिक सहयोगको बढवा दिने र आंतकवाद, उग्रवाद तथा ड्रग तस्करी लगायत साइबर अपराध जस्ता मुद्दामा एकताबद्व भएर प्रतिरोध गर्ने र साझा रणनीति बनाएर अघि बढ्ने लगायत रहेका छन्।

    एससीओका १० सदस्य राष्ट्रसंघसँग छ विश्वको ४३ प्रतिशत जनसंख्या

    यो बलियो क्षेत्रीय अन्तर्राष्ट्रिय संस्थाका रुपमा रहेको छ । यसमा भारत सहित चीन, रुस, इरान,कजाकिस्तान, किर्गिस्तान, ताजिकिस्तान, उज्बेकिस्तान, पाकिस्तान र बेलारुस रहेका छन्। यी देशसँग विश्वको ४३ प्रतिशत जनसंख्या रहेको छ।

    २०८२, श्रावण २४ शुक्रवार०९:५२:३६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार