मुख्यमन्त्रीमा ईन्द्र बानियाले पाए विश्वासको मत, पक्षमा ६३ सांसद

मुख्यमन्त्रीमा ईन्द्र बानियाले पाए विश्वासको मत, पक्षमा ६३ सांसद

२०८२, श्रावण २८ मंगलवार

  • 1.2K
    SHARES

  • मुख्यमन्त्रीमा ईन्द्र बानियाले पाए विश्वासको मत, पक्षमा ६३ सांसद

    हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले विश्वासको मत पाएका छन् । आज मंगलबार साँझ बागमती प्रदेश सभाको बैठकमा विश्वासको मत पाएका हुन् ।

    १ सय १० सदस्यीय बागमती प्रदेश सभामा उनका पक्षमा ६३ मत आएको छ । नेकपा एमाले र कांग्रेस गठबन्धनका साउन २० गते बानियाँ मुख्यमन्त्री बनेका थिए । तर कांग्रेसभित्रै निवर्तमान मुख्यमन्त्री बहादुर सिंह लामा पक्षधर १४ सांसद असन्तुष्ट भएपछि मंगलबार दिउँसो ४ बजेलाई तोकिएको विश्वासको मत लिने तालिका पछि सरेको थियो ।

    कांग्रेस सभापति शेरबहादुर देउवाको निर्देशनपछि असन्तुष्ट पक्ष हेटौँडा आएर संसदीय दलको बैठक बसेर एकमना भएर अघि बढ्ने निर्णयपछि बानियाँलाई सहज बनेको हो । प्रदेश सभामा सबैभन्दा ठूलो दल कांग्रेसको ३७ र साझेदार एमालेका २७ सभासद् छन् ।

    यस्तै प्रतिपक्षी नेकपा माओवादीका २१, राप्रपाका १३ ९सभामुख सहित०, नेकपा एकीकृत समाजवादीका ७, नेमकिपाका ३ र हाम्रो नेपाली पार्टीका २ सांसद छन् ।

    २०८२, श्रावण २८ मंगलवार०७:५६:०७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार