शिक्षा विधेयकमा नमिलेका विषय टुंगो लगाउन संसदीय समिति बैठक बस्दै 

शिक्षा विधेयकमा नमिलेका विषय टुंगो लगाउन संसदीय समिति बैठक बस्दै 

२०८२, भाद्र २ सोमवार

  • 653
    SHARES

  • शिक्षा विधेयकमा नमिलेका विषय टुंगो लगाउन संसदीय समिति बैठक बस्दै 

    काठमाडौँ । विद्यालय शिक्षा विधेयकमाथि छलफल गर्न प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बोलाइएको छ । बैठक आज सोमबार दिउँसो ३ बजेका लागि बोलाइएको हो ।

    विवादित विषयलाई थाती राखेर समिति सचिवालयले प्रतिवेदन तयार पारेको छ । गत २२ साउनमा बसेको समितिको बैठकमा निजी विद्यालयको पूर्ण छात्रवृत्तिको विषयमा सहमति जुट्न सकेको थिएन । पूर्ण छात्रवृत्तिको विषयमा पनि आजको समितिको बैठकले निर्णय गर्ने छ ।

    त्यसपछि सचिवालयले तयार पारेको प्रतिवेदन अध्ययनको लागि सदस्यहरूलाई वितरण गरिने समितिले जनाएको छ ।

    आइतबार विवादित विषयमा छलफल गर्न समन्वय परामर्श उपसमितिको बैठक बसेको थियो । तर उक्त बैठकले पूर्ण छात्रवृत्तिको विषयमा सहमति जुटाउन नसेकेको बैठकमा सहभागी एक सदस्यले जानकारी दिए ।

    निजी विद्यालयले पूर्ण छात्रवृत्तिमा आवास र पोसाक दिन नसकिने भनिरहेको छ । तर समितिका सदस्यहरूले पूर्ण छात्रवृत्तिमा आवास र पोसाक पनि हुनुपर्ने धारणा राखिरहेका छन् । त्यस्तै, सामुदायिक विद्यालयका शिक्षकका नमिलेका विषयमा पनि छलफल हुनेछ । 

    २०८२, भाद्र २ सोमवार०४:२५:३९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार