काठमाडौँ । नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव बिक्रम मिस्रीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट औपचारिक निम्ता दिएका छन्।
नेपालको दुई दिने औपचारिक भ्रमणका लागि काठमाडौं आइपुगेका सचिव मिस्रीले आइतबार सिंहदरबारमा प्रधानमन्त्री ओलीसँग शिष्टाचार भेट गरेका थिए। सोही भेटका क्रममा उनले ओलीलाई भारत भ्रमणको निम्ता दिएका हुन् । निम्ताका लागि ओलीले धन्यवाद प्रकट गरेका थिए।
सचिव मिस्रीले आइतबार नै राष्ट्रपति रामचन्द्र पौडेल, परराष्ट्रमन्त्री आरजु देउवा, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग भेट गरेका थिए।
प्रधानमन्त्री ओलीले आगामी भदौ ३१ गते भारतको दुईदिने भ्रमण गर्ने बताइए पनि भ्रमणको मितिबारे दुवै पक्षले आधिकारिक रूपमा अहिलेसम्म घोषणा गरेका छैनन्।