प्रदेश लोकसेवा आयोगको गरिमा निष्पक्षतामा रहेको छ : प्रदेश प्रमुख अधिकारी

प्रदेश लोकसेवा आयोगको गरिमा निष्पक्षतामा रहेको छ : प्रदेश प्रमुख अधिकारी

२०७७, माघ १० शनिवार

  • 1.7K
    SHARES

  • प्रदेश लोकसेवा आयोगको गरिमा निष्पक्षतामा रहेको छ : प्रदेश प्रमुख अधिकारी

    माघ १०, मोरङ । 

    प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले प्रदेश लोकसेवा आयोगको गरिमा  संस्थाको निष्पक्षतामा रहेको बताएका छन् ।  

    प्रदेश लोकसेवा आयोगको प्रथम वार्षिकोत्सवको शुक्रवार उद्घाटन गर्दै उनले जनसमुदायमा रहेको विश्वसनियतालाई स्थापित गराउन सबैले आफ्नो क्षेत्रबाट  सहयोग गर्नुपर्ने आवश्यक्ता औँल्याए ।

    प्रदेश प्रमुख अधिकारीले आयोगमार्फत हुने कार्यहरु ज्ञान, बुद्धि, विवेक, सीप र बौद्धिकताको उचित प्रयोग गरी राष्ट्रिय समृद्धिका लागि हुनुपर्नेमा जोड दिएका छन् । उनले आयोग सबैका लागि र सधैँका लागि विश्वासिलो, निष्पक्ष, तटस्थ र पारदर्शी बनी रहोस् भने । 

    प्रदेश प्रमुख अधिकारीले प्रदेश लोक सेवा आयोगले प्रकाशन गरेको प्रदेश लोक सेवा आयोग स्मारिकाको विमोचन गरे । प्रदेश लोकसेवा आयोगका अध्यक्ष उत्तमकुमार भट्टराई,  प्रदेश योजना आयोगका उपाध्यक्ष सुबोधराज प्याकुरेल, आयोगका सदस्य सजना दाहालले सर्वसाधारणमा आयोगप्रतिको विश्वासलाई सदैव कायम राख्ने प्रतिबद्धता व्यक्त गरे । 

     आयोगका सदस्य टीकादत्त राईले आयोगले एक वर्षको  अवधिमा गरेका कामको प्रगति विवरण प्रस्तुत गरेका थिए ।

    २०७७, माघ १० शनिवार०७:४९:५३
    प्रतिक्रिया
    सम्बन्धित समाचार