कोरोना अपडेट: थप १४९० जनामा कोरोना संक्रमण

कोरोना अपडेट: थप १४९० जनामा कोरोना संक्रमण

२०७७, मंसिर १७ बुधवार

  • 1.7K
    SHARES

  • कोरोना अपडेट: थप १४९० जनामा कोरोना संक्रमण

    मंसिर १७, काठमाडौं ।

    पछिल्लो २४ घण्टामा थप १४९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

    स्वास्थ्य मन्त्रालयका अनुसार वुधवार देशभर गरिएको परिक्षणमा थप १४९०  जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

    पछिल्लो २४ घण्टामा ८३०० नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

    काठमाडौं उपत्यकाका ७२३ जना संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौंका ६३१, ललितपुरका ६१ र भक्तपुरका ५८ जना छन् ।

    यससँगै कुल संक्रमितको संख्या २ लाख ३६ हजार २४६ पुगेको छ । उनीहरुमध्ये २ लाख १८ हजार १६१ जना संक्रमणमुक्त भएका छन् भने १५३८ जनाको मृत्यु भइसकेको छ ।

    अहिले देशभर १६ हजार ५४७ सक्रिय संक्रमित छन् ।

    २०७७, मंसिर १७ बुधवार०४:५३:१३
    प्रतिक्रिया
    सम्बन्धित समाचार