निजी विद्यालय सञ्चालकहरूले दिए पुनः विद्यालय बन्द गर्ने चेतावनी, साना विद्यालय दबाबमा

निजी विद्यालय सञ्चालकहरूले दिए पुनः विद्यालय बन्द गर्ने चेतावनी, साना विद्यालय दबाबमा

२०८२, भाद्र १८ बुधवार

  • 837
    SHARES

  • निजी विद्यालय सञ्चालकहरूले दिए पुनः विद्यालय बन्द गर्ने चेतावनी, साना विद्यालय दबाबमा

    काठमाडौं । शिक्षा विधेयकको विरोधमा आन्दोलनरत निजी विद्यालयहरूले आगामी मंगलबार र बुधबार काठमाडौँभरिका विद्यालय बन्द गर्ने चेतावनी दिएका छन्।

    यसअघि ३ पटक भाद्र ९, १३ र १८ गते विद्यालय बन्दका घोषणा गर्दै निजी विद्यालयका विभिन्न छाता संगठनहरू – प्याब्सन, नेसनल प्याब्सन, हिसान, एपेन र एनएमए पछाडी हटेका थिए ।  

    निजी विद्यालयहरूको छाता संगठन नेसनल प्याब्सनका अध्यक्ष सुवास न्यौपानेका अनुसार भदौ २४ र २५ गते काठमाडौंभरिका विद्यालय बन्द गर्ने गरी आन्दोलन गर्न लागिएको हो।

    अधिकांश विद्यालयले दशैंका मुखमा परीक्षा संचालन गरेर शुल्क उठाउने गर्दछन् । विशेष गरि साना विद्यालयका संचालकहरुले दबाब दिएपछि बन्दको घोषणा गर्दै पछाडि हट्दै गरेका हुन् । अहिलेको आन्दोलनमा पनि साना विद्यालयका संचालक बढि देखिएका छन् ।

    त्यस्तै, ठूला विद्यालयका संचालक सांसद, मन्त्री, राष्ट्रपति सम्म भेटेर दबाब सिर्जना गरिरहेका छन् । सत्तारुढ दलको एउटा समूहले आन्दोलन चर्काए मात्र शिक्षा समितिबाट पारित भईसकेको विषय उल्टिन सक्छ, अन्यथा जनताको तह सम्म पुगिसकेको विषयलाई उल्टाउन सहज नभएको जनाउ दिईरहेका छन् । जसले संस्थापक विद्यालयका संचालक हतास मनस्थितिमा देखिएका छन् ।

    ठूला विद्यालयले विद्यालय संचालन गरेका विद्यालयले भात देखि लिएर कपडा सम्म बेच्नाले यो समस्या आएको भन्दै साना तथा मझौला विद्यालय संचालकहरु आक्रोशित देखिएका छन् । यद्यपि उनीहरु पनि सोही पदचापमा देखिन्छन् । तर, ठूला विद्यालयले जस्तो मनमौजी ढंगले शुल्क उठाउन नसकिरहेका सरोकारवालाले जनाएका छन् । 

    संसदिय शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले निजी विद्यालयहरूले ‘पूर्ण छात्रवृत्ति’ दिनु पर्ने र अब उप्रान्त ‘गैरनाफामूलक’ बनाउँदै लान पर्ने प्रावधान पारित गरिसकेको छ । सो विषय सच्याउन पर्ने भन्दै निजी विद्यालय संचालक आन्दोलनमा होमिएका हुन् । 

    २०८२, भाद्र १८ बुधवार०९:०२:३६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार