गरिवको चलचित्रघर जस्तो थियो भाटभटेनी, जल्दा रोए बच्चा र बुढाबुढी

गरिवको चलचित्रघर जस्तो थियो भाटभटेनी, जल्दा रोए बच्चा र बुढाबुढी

२०८२, भाद्र २८ शनिवार

  • 1.1K
    SHARES

  • गरिवको चलचित्रघर जस्तो थियो भाटभटेनी, जल्दा रोए बच्चा र बुढाबुढी

    काठमाडौं । विद्यालयबाट घर पुगेका बालबालिकाको पहिलो रोजाई हुन्थ्यो भाटभटेनी भ्रमण । ममा (आमा) आज भाटभटेनी गएर आईसक्रिम खाने ल । नत्र होमवर्क गर्दिन । यो भनाई थियो चावहिल स्थित प्रिन्सा शर्माको । उनी भरखर १२ वर्षकी भईन् । तर उनको हप्ते तालिका बन्न थालेको करिव ७ वर्ष भएछ, उनकी आमा सुन्तली शर्माले बताइन् ।

    प्रिन्सा नियमित रुपमा भाटभटेनी जाने तलदेखि माथि सम्म लिफ्टमा सररसँग रमाइलो गर्ने, खेल्ने, मन परेको सामान बोकेर काउन्टर पुग्ने, क्रेडिट कार्डबाट पैसा तिरेर गमक्क पर्दै तल झर्थिन् ।

    भुईँ तलामा आए पछि एउटा आईसक्रिम नखाई हिँड्नै मान्दिनथिन् । सामान नै किन्न नपर्दा पनि दौडेर सबै तलामा पुग्ने, त्यहाँ कतै हराईदिने र अभिभावकलाई आफुतिर आउन बाध्य बनाउने उनको बानी नै थियो । 

    त्यस्तै, उमेरले ७७ वर्ष पुग्दै गरेका नोर्बु शेर्पाको हप्तावारी तालिका नै भाटभटेनी भ्रमण हुन्थ्यो । बिहान १० बजे घरबाट निस्किएका नोर्बु साँझ सम्म भाटभटेनी आसपासमै छिमेकी वरपरका भाईबहिनीहरु सँग गफमा मस्त हुन्थे । कहिले तेस्रो तला सम्मै त कहिले पहिलो तला पुगेर आफुलाई चाहिने सामाग्री लिएर लट्ठी टेक्दै घर पुग्थे । 

    भाद्र २४ गते भएको जेन्जी आन्दोलनको क्रममा सोही दिनको साँझपख करिव ८ बजे पश्चात आएको अराजक समूहले लुटपाट र तोडफोड पश्चात आगजनी गरेपछि सो रातका साथ पछिल्लो रात समेत गरेर पूर्णत सुपरमार्केट नष्ट भएको छ । नष्ट भएयता चावहिल, चुच्चेपाटी र टुसाल क्षेत्र नै शोकमग्न छ ।

    बच्चाहरु टोलाएका छन्, बुढाबुढीहरु आक्रोशित छन् । यस क्षेत्रको प्यारो अर्थात गरिवको चलचित्र घर नै जल्दा हामी त सार्है पिडामा रहयौँ, आज पनि वरपर गरेर बाटामा हिँड्ने बटुवाले बताए । खै कसको आँखा लाग्यो, यतिका धेरै मान्छेले रोजगारी पाएका थिए, दैनिक जिवनका लागि आवश्यक पर्ने गुणस्तरिय सामान निश्चित मुल्यमा छानीछानी किन्न पाएका थिए ।

    यदि कुनै ड्यामेज भए, एक हप्ता सम्ममा पनि साट्न सुविधा प्रयोग गरेकै थिए । जेन्जीका नाममा भएको देशै रुवाउने घटना मध्येको यहाँको आगजनी रहेको उनीहरुले आक्रोश मिश्रित स्वरमा जनाए । जेन्जी नै हुन् भने यिनीहरुले पनि शुरुमै आफ्नो तस्विर उजागर गरे, यिनबाट कुनै आश गर्न सकिन्न, अर्का बटुवाले थपे ।

    मानिसलाई चाहिने अत्यावश्यक सामाग्रीको व्यवस्थापन गर्न बिसौं पसल चाहार्न पर्ने समस्यालाई एक दशक भन्दा अगाडी देखि एउटै छातामुनी उपलव्ध गराएर भाटभटेनीले लगाएको गुन कदापि विर्सन नसकिने यसका उपभोक्ता जनाउँछन् ।

    वि.सं. २०४१ सालमा काठमाडौंको भाटभटेनीमा ३५ हजार रुपैयाँबाट सुरुवात भएको किराना पसल देशवासीकै लोकप्रिय व्यापारिक कम्प्लेक्स बन्न सफल भएको छ । जसले १५ हजार भन्दा बढि मानिसलाई रोजगारी दिएको छ ।

    खोटांग जिल्लाको साधारण किसान परिवारमा जन्मिएका मिन बहादुर गुरुंगले यो व्यापार संजाल विस्तार गर्न सफल भएका हुन् । जहाँ परोपकारी काम, त्यहाँ मिन बहादुर भन्ने कथन नै चलेको थियो ।

    तोडफोड र आगजनी पश्चात असहज बनेको व्यापारलाई पुनः पहिलाकै स्थानमा पुर्याउन निकै चुनैति बनेको तर आफु नथाकेको भन्दै एक टेलिभिजन अन्तरवार्तामा धरधरी रुँदै अन्तरवार्ता दिएका गुरुंग हतोत्साही नबन्ने जनाउँछन् । उनी नेपालका उद्यमशीलताको प्रेरणादायी उदाहरण हुन्।

    सानो किराना पसलबाट सुरु गरेर उनले देशकै सबैभन्दा ठूलो सुपरमार्केट श्रृंखला बनाए। उनको जीवनकथा नेपाली युवाहरूलाई सपना देख्न, इमानदारीपूर्वक मेहनत गर्न र दृढता देखाउन प्रेरणा दिन्छ।

    २०८२, भाद्र २८ शनिवार०५:०७:०४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार