कार्की नेतृत्वको अन्तरिम सरकारमा सहभागी हुने ३ मन्त्रीहरुको शपथ हुँदै

कार्की नेतृत्वको अन्तरिम सरकारमा सहभागी हुने ३ मन्त्रीहरुको शपथ हुँदै

२०८२, भाद्र ३० सोमवार

  • 633
    SHARES

  • कार्की नेतृत्वको अन्तरिम सरकारमा सहभागी हुने ३ मन्त्रीहरुको शपथ हुँदै

    काठमाडौं । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा सहभागी हुने मन्त्रीहरुको शपथ ग्रहण आज (सोमबार) हुँदैछ ।

    मन्त्रीमा नियुक्त भएका ओमप्रकाश अर्याल, कुलमान घिसिङ र रामेश्वर खनाललाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ ग्रहण गराउन लागेका हुन् ।

    गृहमन्त्रीमा ओमप्रकाश अर्याल, अर्थ मन्त्रीमा रामेश्वर खनाल र ऊर्जा मन्त्रीमा कुलमान घिसिङको नाम टुंगो लागेको स्रोतले बतायो ।

    अर्यालले कानुन मन्त्रालयको समेत जिम्मेवारी पाउने र घिसिङलाई ऊर्जाका अलवा भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालयको समेत जिम्मेवारी दिने तयारी छ ।

    नवनियुक्त मन्त्रीहरुको शपथग्रहण समारोह आज बिहान साढे ११ बजे हुने राष्ट्रपति कार्यालयले जनाएको छ ।

    २०८२, भाद्र ३० सोमवार०९:२२:२६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार