सुपर फोरको पहिलो खेलमा बंगलादेशसँग श्रीलंका पराजित 

सुपर फोरको पहिलो खेलमा बंगलादेशसँग श्रीलंका पराजित 

२०८२, आश्विन ५ आइतवार

  • 573
    SHARES

  • सुपर फोरको पहिलो खेलमा बंगलादेशसँग श्रीलंका पराजित 

    एजेन्सी । एसिया कप क्रिकेटअन्तर्गत सुपर फोरको पहिलो खेलमा बंगलादेशले श्रीलंकालाई ४ विकेटले पराजित गरेको छ। पहिले ब्याटिङ गरेको श्रीलंकाले दिएको १६९ रनको लक्ष्य बंगलादेशले अन्तिम बल बाँकी रहँदा ६ विकेट गुमाएर पूरा गर्‍यो।

    टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६८ रन बनाएको थियो। उसका लागि दशुन शनाकाले ३७ बलमा ३ चौका र ६ छक्काको मद्दतले ६४ रनको नटआउट इनिङ खेले। त्यस्तै कुशल मेन्डिसले ३४ रन, पथुम निशंकाले २२ रन, कप्तान चरिथ आशलंकाले २१ रन र कुशल परेराले १६ रन बनाए। बंगलादेशका लागि मुस्ताफिजुर रहमानले ३, मेहदी हसनले २ र तास्किन अहमदले १ विकेट लिए।

    १६९ रनको लक्ष्य पछ्याएको बंगलादेशले १९.५ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो। उसका लागि साइफ हसनले ६१ रन र तोहिद हृदोयले ५८ रनको महत्त्वपूर्ण इनिङ खेले। कप्तान लिटन दासले २३ रन जोड्दा समिम होसेन १४ रनमा नटआउट रहे। श्रीलंकाका लागि दसुन शनाका र वानिन्दु हसरंगाले २–२ विकेट लिँदा नुवान थुसारा र दुशामथ चमिराले १–१ विकेट लिए।

    प्रतियोगिता अन्तर्गत आज भारत र पाकिस्तान भिड्दै छन्। खेल साँझ ८: १५ बजे सुरु हुनेछ।

    २०८२, आश्विन ५ आइतवार०९:३९:२७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार