कांग्रेसद्वारा हिंसात्मक घटनाका दोषीलाई उन्मुक्ति नदिन सरकारलाई चेतावनी

कांग्रेसद्वारा हिंसात्मक घटनाका दोषीलाई उन्मुक्ति नदिन सरकारलाई चेतावनी

२०८२, आश्विन १५ बुधवार

  • 893
    SHARES

  • कांग्रेसद्वारा हिंसात्मक घटनाका दोषीलाई उन्मुक्ति नदिन सरकारलाई चेतावनी

    काठमाडौँ । नेपाली कांग्रेसले भदौ २३ र २४ गते भएका हिंसा, लुटपाट, तोडफोड र आगजनीका घटनामा संलग्न अपराधीहरूलाई उन्मुक्ति नदिन सरकारलाई चेतावनी दिएको छ।

    पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले मंगलबार जारी गरेको वक्तव्य मार्फत सरकारलाई दण्डहीनतालाई प्रोत्साहन नगर्न आग्रह गरिएको छ।

    वक्तव्यमा ती दुई दिनको घटनामा ७६ जनाभन्दा बढीको ज्यान गएको र सयौँ घाइते भएको उल्लेख गर्दै राष्ट्रलाई खरबौँको क्षति पुगेको जनाइएको छ।

    कांग्रेसले शान्तिपूर्ण प्रदर्शनको आडमा आपराधिक समूहहरूले नियोजित रूपमा देशव्यापी आतंक मच्चाएको र राजनीतिक दल तथा नेताहरूमाथि आक्रमण गरेको दाबी गरेको छ।

    कांग्रेसले गृह मन्त्रालयले असोज ९ गते जारी गरेको विज्ञप्ति र सोही आधारमा जारी परिपत्रले प्रमाणित अपराधीहरूलाई कानुनी कारबाही नगरी उन्मुक्ति दिने सङ्केत गरेको भन्दै आपत्ति जनाएको छ।

    कांग्रेसले सरकारको यस्तो कदमले संविधानवाद, कानुनी शासन र विधिको शासनको खिल्ली उडाएको आरोप लगाएको छ।

    पार्टीले अन्तरिम सरकारलाई दण्डहीनता बढाउने नीतिबाट पछि हट्न, घटनाको निष्पक्ष छानबिन सुनिश्चित गर्न र प्रतिशोधको राजनीति नगर्न आग्रह गरेको छ।

    २०८२, आश्विन १५ बुधवार११:५६:०२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार