अबका ४ दिन राति यात्रा नगर्न सडक विभागको अनुरोध

अबका ४ दिन राति यात्रा नगर्न सडक विभागको अनुरोध

२०८२, आश्विन १७ शुक्रवार

  • 749
    SHARES

  • अबका ४ दिन राति यात्रा नगर्न सडक विभागको अनुरोध

    काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले असोज २० गतेसम्म मुलुकका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाउँदैै सचेत रहन सबैमा आग्रह गरेको छ ।

    वर्षासँगै पहिरोको पनि जोखिम भएकाले विभागले राति यात्रा नगर्न आग्रह गरेको हो ।

    सडक विभागले पनि राति यात्रा नगर्न सुझाउँदै मातहतका सम्पूर्ण कार्यालयका कर्मचारीलाई विपद्प्रतिधार्यकार्यका निम्ति तयार रहन आह्वान गरेको छ ।

    साथै विभागले नागढुङ्गा–मुग्लिन, मुग्लिन–नारायणगढ सडक, बिपी राजमार्ग, कान्ति लोकपथ, त्रिभुवन राजपथ, दाउन्ने सडकमा यात्रा गर्नेलाई विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ ।

    २०८२, आश्विन १७ शुक्रवार०५:४२:२६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार