कात्तिक २० र २१ गते भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाइँदै

कात्तिक २० र २१ गते भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाइँदै

२०८२, आश्विन २१ मंगलवार

  • 1.0K
    SHARES

  • कात्तिक २० र २१ गते भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाइँदै

    काठमाडौँ । यही कात्तिक २० र २१ गते अर्थात आज र भोलि राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाइने भएको छ ।

    सरकारले प्रत्येक वर्ष दुई चरणमा यो कार्यक्रम सञ्चालन गर्दै आएको छ । पहिलो चरणमा कात्तिक २ र ३ र वैशाख ६ र ७ गते यो कार्यक्रम सञ्चालन हुँदैन आएको छ । यस वर्ष सोही मितिमा दिपावलीको लक्ष्मी पूजा पर्न गएकाले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सचिवस्तरीय निर्णयअनुसार कार्यक्रम सारिएको स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाले जनाएको छ ।

    महाशाखाका निर्देशक डा विवेककुमार लालले ७५३ स्थानीय तहमा दुईदिने अभियानमा पाँच वर्षमुनिका करिब २८ लाख बालबालिकालाई भिटामिन ‘ए’ र करिब ३० लाख बालबालिकालाई जुकाको औषधि खुवाइने लक्ष्य राखिएको जानकारी गराउनुभयो । यस अभियानका लागि ५२ हजार स्वास्थ्य स्वयंसेविका र १५ हजार जना स्वास्थ्यकर्मी परिचालन गरिने उहाँले बताउनुभयो ।

    निर्देशक डा लालले भन्नुभयो, “छ महिनादेखि ११ महिनाका बालबालिकालाई भिटामिन ‘ए’ क्यापसुल मात्र र १२ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्यापसुलका साथै जुकाको औषधि खुवाइने छ ।”

    महाशाखाकाअनुसार अघिल्लो चरणमा भिटामिन ‘ए’ क्यापसुल खाने करिब ९० प्रतिशत र जुकाको औषधि खाने करिब ८७ प्रतिशत रहेका छन् ।

    २०८२, आश्विन २१ मंगलवार१०:२३:४६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार