एमाले केन्द्रीय कमिटी बैठक सर्‍यो

एमाले केन्द्रीय कमिटी बैठक सर्‍यो

२०८२, आश्विन २४ शुक्रवार

  • 905
    SHARES

  • एमाले केन्द्रीय कमिटी बैठक सर्‍यो

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय कमिटी बैठक सरेको छ । पार्टी केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले बैठकको तयारी नपुगेकाले बैठक सारिएको जानकारी दिनुभयो । 
     
    उहाँका अनुसार बैठक यही असोज २९ देखि ३१ गते काठमाडौँमा बस्ने तय भएको छ । यसअघि बैठक यही असोज २७ देखि २९ गतेसम्म काठमाडौँमा तय गरिएको थियो । 
     
    ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालय जेनजी आन्दोलनका कारणले आगजनी र तोडफोड भएको छ । आज बस्ने पार्टीको सचिवालय बैठकले केन्द्रीय कमिटी बैठकको कार्यसूची तय गर्नेछ । 

    २०८२, आश्विन २४ शुक्रवार०१:१०:१५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार