ट्रम्पलाई नोबेल शान्ति पुरस्कार अस्वीकृत गरिनु ’शान्तिमाथिको राजनीति’ : ह्वाइट हाउस

ट्रम्पलाई नोबेल शान्ति पुरस्कार अस्वीकृत गरिनु ’शान्तिमाथिको राजनीति’ : ह्वाइट हाउस

२०८२, आश्विन २५ शनिवार

  • 645
    SHARES

  • ट्रम्पलाई नोबेल शान्ति पुरस्कार अस्वीकृत गरिनु ’शान्तिमाथिको राजनीति’ : ह्वाइट हाउस

    वासिङ्टन । भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना मचाडोलाई शान्ति पुरस्कार प्रदान गरेको र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बेवास्ता गरेको भन्दै ह्वाइट हाउसले शुक्रबार नर्वेको नोबेल समितिको आलोचना गरेको छ ।

    ह्वाइट हाउसका सञ्चार निर्देशक स्टिभन चेउङले भन्नुभयो, “नोबेल समितिले शान्तिभन्दा राजनीतिलाई प्राथमिकता दिएको प्रमाणित गरेको छ ।

    चेउङले भन्नुभयो “राष्ट्रपति ट्रम्पले निरन्तर शान्ति सम्झौता गर्नुहुनेछ, युद्ध अन्त्य गर्नुहुनेछ र मानिसको ज्यान बचाउन् हुनेछ। उहाँसँग मानवतावादीको हृदय छ, र उहाँ जस्तो कोही पनि हुनेछैन, जसले आफ्नो इच्छाको बलमा ‘समस्याका पहाड’हरू हटाउन सक्छ।”

    जनवरीमा आफ्नो दोस्रो कार्यकालका लागि ह्वाइट हाउसमा फर्केपछि ट्रम्पले बारम्बार उहाँ धेरै द्वन्द्वहरू समाधान गर्ने भूमिकाका लागि नोबेल पुरस्कारको हकदार भएको बताउँदै आउनुभएको थियो ।

    ट्रम्पले शान्ति पुरस्कारको घोषणाको पूर्वसन्ध्यामा आफुलाई पुरस्कारको हकदारको रूपमा दावी गर्दै हप्ता गाजामा युद्धविरामको पहिलो चरणको मध्यस्थता उहाँले समाप्त गरेको आठौं युद्ध थियो।

    उहाँले बिहीबार भन्नुभयो, “उनीहरूले जे गरे पनि ठीक छ। मलाई यो थाहा छः मैले यो पुरस्कारका लागि मात्र गरेको होइन। मैले धेरै जीवन बचाएको छु।”

    ओस्लोमा नोबेल पुरस्कार विशेषज्ञहरूले ट्रम्पको ‘अमेरिका पहिलो’ नीति अल्फ्रेड नोबेलको सन् १८९५ मा स्थापना गरिएको शान्ति पुरस्कारको आदर्शको विपरीत रहेको बताएका र पुरस्कारका लागि उहाँलाई कुनै अवसर नभएको बताएका थिए । -एजेन्सी । 

    २०८२, आश्विन २५ शनिवार११:२३:२०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार