एमाले केन्द्रीय कमिटी बैठक आजबाट सुरु, तनावमा ओली

एमाले केन्द्रीय कमिटी बैठक आजबाट सुरु, तनावमा ओली

२०८२, आश्विन २९ बुधवार

  • 585
    SHARES

  • एमाले केन्द्रीय कमिटी बैठक आजबाट सुरु, तनावमा ओली

    काठमाडौँ । नेकपा (एमाले)को दशौं केन्द्रीय कमिटी बैठक आजबाट सुरु हुँदैछ। बैठक आज बिहान ११ बजे ललितपुरको रामबाघ महल पार्टी प्यालेसमा सुरु हुँदैछ।

    बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पछिल्ला घटनाक्रम समेटिएको राजनीतिक प्रतिवेदन पेस गर्ने तयारी रहेको प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।

    उक्त प्रतिवेदनमा समसामयिक राजनीति, ‘जेन-जी आन्दोलन’, घुसपैठ, व्यक्ति र सार्वजनिक सम्पतिको तोडफोड लगायतका विषयहरू समेटिनेछन्। साथै, अन्तरिम सरकारको गठन र संसद विघटनबारेमा पनि प्रतिवेदनमा उल्लेख हुनेछ।

    गौतमले जानकारी दिएअनुसार पार्टीले आगामी मंसिरमा हुने महाधिवेशनको मिति र स्थान तोक्नेछ। नेतृत्वले सो महाधिवेशनबाट ‘फ्रेस म्यान्डेट’ लिएर जनतामा जाने विषयमा ठोस निर्णय गर्नेछ।

    यसैगरी संविधान पक्षधर शक्तिहरूलाई साथमा लिएर आन्दोलन र पार्टीमा व्यापक जनपरिचालन कार्यक्रम घोषणा गरिनेछ।

    साथै, सदस्यहरूले नेतृत्व र पार्टी पुनर्गठनमा धारणा राख्नेछन्। । एमालेका अनुसार केन्द्रीय सदस्यहरूलाई वर्णानुक्रम (अल्फाबेटिकल) आधारमा बोल्ने पालो मिलाइएको छ। कार्यालय सचिव डा. भिष्म अधिकारीका अनुसार हरेक केन्द्रीय सदस्यलाई बोल्नका लागि तीन मिनेटको समय तोकिएको छ।

    तीन दिनसम्म चल्ने बैठकमा प्रतिनिधि सभा पुनःस्थापनाको मुद्दा पनि छलफलको मुख्य विषय रहनेछ।

    सरकारको नेतृत्व गरिरहँदा जेन्जी आन्दोलनबाट बहिर्गमित भएका ओली सबैभन्दा तनावमा छन् ।

    सहयात्री पार्टी नेपाली कांग्रेसका सभापती शेर वहादुर देउवाले उपसभापति पूर्ण बहादुर खँड्कालाई कार्यवाहक दिएर पार्टी अगाडी बढाउने संकेत देखाए सँगै ओली दबाबमा देखिएका छन् ।

    ओली समूहले नेतृत्व नछाड्न रातदिन आग्रह गर्नाले उनी दिक्क मान्दै गएका स्रोतले बतायो । ओली पत्नी राधिका शाक्यले समेत थप तनाव नलिन सुझाव दिँदै आएकी छिन्  ।

    कार्यवाहक दिन विश्वासिलो नेता नपाएकैले उनी तनावमा रहेका पनि स्रोत बताउँछ । 

    २०८२, आश्विन २९ बुधवार११:३१:०८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार