आज दीपावलीको दोस्रो दिन : कुकुर तिहार मनाईदै

आज दीपावलीको दोस्रो दिन : कुकुर तिहार मनाईदै

२०८२, कार्तिक ४ सोमवार

  • 581
    SHARES

  • आज दीपावलीको दोस्रो दिन : कुकुर तिहार मनाईदै

    कार्तिक । नेपालीहरुको महान पर्व शुभ दीपावलीको दोस्रो दिन आज कुकुर तिहार मनाइएको छ।

    आज घरघरमा धर्मराजको वाहन कुकुरलाई पूजा गरी कुकुर तिहारको अवसरमा मीठा परिकार खुवाइने परम्परा पालना गरिएको छ।

    धार्मिक विश्वासअनुसार कार्तिक कृष्ण चतुर्दशीका दिन यमराजको ढोकामा द्वारपालको रूपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो खुलाउने भएकाले कुकुर तिहार मनाउने चलन छ। साथै, वैवश्वत मन्वन्तरको कुलमा जन्मिएको कुकुरले धर्मराज युधिष्ठिरलाई स्वर्ग यात्रामा पनि साथ दिएको धार्मिक विश्वास रहेको छ।

    आज कुकुरलाई आज्ञापालक र सुरक्षामा भरपर्दो घरपालुवा जनावरका रूपमा पूजा गरिएको छ। नेपाल प्रहरी केनाइन महाशाखा (कुकुर तालिम केन्द्र)ले पनि आज कुकुरको पूजाआजा सम्पन्न गरेको छ। प्रहरीले अनुसन्धानमा कुकुरको भूमिका अत्यन्त महत्वपूर्ण मान्दै विभिन्न जटिल अनुसन्धानमा कुकुरलाई समावेश गर्ने गरेको छ।

    महाशाखाले कुकुरको सम्मानमा विभिन्न खेल र खानपानको व्यवस्था गरी पूजा सम्पन्न गरेको छ। कुकुरहरूले हातहतियार, विष्फोटक पदार्थ, लागुऔषध, खोजी तथा उद्धार, ट्रयाकिङलगायत अनुसन्धानमा महत्त्वपूर्ण भूमिका खेल्ने गरेको छ। नेपाल प्रहरीसँग अनुसन्धानमा सहयोग गर्ने आठ प्रजातिका कुकुरहरू रहेका छन्।

    त्यस्तै, आजकै दिन साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धापूर्वक लक्ष्मीपूजासमेत मनाइँदैछ। यस वर्ष कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन परेको छ।

    २०८२, कार्तिक ४ सोमवार१०:३०:२५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार