जापानको पहिलो महिला प्रधानमन्त्री बनिन् सनेई तकाइची

जापानको पहिलो महिला प्रधानमन्त्री बनिन् सनेई तकाइची

२०८२, कार्तिक ५ मंगलवार

  • 1.1K
    SHARES

  • जापानको पहिलो महिला प्रधानमन्त्री बनिन् सनेई तकाइची

    सनेई तकाइची जापानको पहिलो महिला प्रधानमन्त्रीमा चुनिएकी छन्। जापानी संसद्को दुवै सदनमा भएको मतदानमा उनले बहुमत प्राप्त गरेकी हुन्।

    ६४ वर्षीया तकाइची एक दक्षिणपन्थी नेता हुन् र उनलाई जापानको ‘आइरन लेडी’ समेत भन्ने गरिन्छ। जापानको प्रधानमन्त्री बन्नका लागि तकाइचीको यो तेस्रो प्रयास थियो।

    तकाइची सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) की सदस्य हुन्। एलडीपीले पछिल्लो पाँच वर्षमा चौथो पटक नयाँ प्रधानमन्त्री चयन गरेको हो।

    उनी जापानका पूर्व प्रधानमन्त्री शिन्जो आबेको नजिक मानिन्छिन्। यसअघि उनी सरकारमा मन्त्रीको रूपमा काम गरिसकेकी छन्। -एजेन्सी ।

    २०८२, कार्तिक ५ मंगलवार०५:२५:३४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार