टिकौलीमा बस दुर्घटना, ३३ जना घाइते

टिकौलीमा बस दुर्घटना, ३३ जना घाइते

२०८२, कार्तिक १५ शुक्रवार

  • 1.1K
    SHARES

  • टिकौलीमा बस दुर्घटना, ३३ जना घाइते

    चितवन । गौरबाट काठमाडौँतर्फ गइरहेको बस भरतपुर महानगरपालिका–९ टिकौली जङ्गलमा आज बिहान दुर्घटना हुँदा ३३ जना घाइते भएका छन् । 

    यहाँस्थित सशस्त्र प्रहरी बल कार्यालयका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार घाइतेहरूको तत्काल उद्धार गरी चितवन मेडिकल कलेज, नेशनल सिटी अस्पताल र भरतपुर अस्पताल पुर्‍याइएको छ । घाइते सबैको अवस्था सामान्य छ ।  

    दुर्घटनाका कारण केही समय अवरुद्ध भएको सडक केहीबेरअघिदेखि सञ्चालनमा आएको छ । 

    २०८२, कार्तिक १५ शुक्रवार०७:४६:३१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार