प्रहरी कार्यालयमा तोडफोड आरोपमा झापामा श्रीमान्–श्रीमती पक्राउ

प्रहरी कार्यालयमा तोडफोड आरोपमा झापामा श्रीमान्–श्रीमती पक्राउ

२०८२, कार्तिक २३ शनिवार

  • 937
    SHARES

  • प्रहरी कार्यालयमा तोडफोड आरोपमा झापामा श्रीमान्–श्रीमती पक्राउ

    दमक । जेनजी आन्दोलनको क्रममा इलाका प्रहरी कार्यालय अनारमनीमा तोडफोड र आगजनी गरेको आरोपमा झापाको बिर्तामोडबाट प्रहरीले शुक्रबार दुई जनालाई पक्राउ गरेको छ ।

    इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका–५ स्थित त्रिवेणी चोकबाट अर्जुनधारा नगरपालिका–६ का २२ वर्षीय पदम राई र उनकी श्रीमती २४ वर्षीया पूजा मगरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्र खड्काले जानकारी दिनुभयो ।

    उनीहरूलाई भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय अनारमनीमा तोडफोड तथा आगजनीमा संलग्न रहेको आरोपमा पक्राउ गरिएको उहाँले बताउनुभयो । थप अनुसन्धानका लागि उनीहरूलाई इप्रका अनारमनीमा राखिएको जनाइएको छ ।

    घाइतेका उपचारका क्रममा मृत्यु
    यसैबीच, गत कात्तिक १९ गते मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका एक पुरुषको शुक्रबार मृत्यु भएको छ । बिर्तामोड नगरपालिका–१ स्थित अञ्जली अस्पताल नजिकै पश्चिमतर्फ जाँदै गरेको प्र.१–०२–००१ प ३५५७ नम्बरको मोटरसाइकलले अर्जुनधारा नगरपालिका–४ का ५५ वर्षीय कृष्णबहादुर मगरलाई ठक्कर दिएको थियो ।

    मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका मगरको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा आज उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

    दुर्घटनामा संलग्न मोटरसाइकल चालक सुनसरी दुहबी नगरपालिका–६ का २० वर्षीय वसन्त माझीलाई प्रहरीले नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय अनारमनीमा राखेको छ ।

    २०८२, कार्तिक २३ शनिवार०७:५५:४९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार