संसद् विघटनविरुद्ध अदालत जान्छौँः ओली

संसद् विघटनविरुद्ध अदालत जान्छौँः ओली

२०८२, मंसिर ३ मंगलवार

  • 497
    SHARES

  • संसद् विघटनविरुद्ध अदालत जान्छौँः ओली

    काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै आफूहरु अदालत जाने बताएका छन्।

    मंगलबार पार्टीका विघटित प्रतिनिधिसभाका सांसदहरुको बैठकमा बोल्दै उनले प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै आफ्नो पार्टी कानूनी उपचारका लागि अदालत जाने बताएका हुन्।

    उनले आफूले पटक–पटक संविधान हेरेको उल्लेख गर्दै प्रतिनिधिसभा विघटन गर्ने काम असंवैधानिक भएको दोहोर्‍याए।

    वर्तमान सरकारले आफूलाई लोकतान्त्रिक, संवैधानिक छु भन्ने आँट गर्नै नसक्ने ओलीको भनाइ थियो। उनले वर्तमान सरकारले अराजकता, आगलागी, तोडफोड र लुटपाटलाई क्रान्ति भन्ने गरेको बताए।

    २०८२, मंसिर ३ मंगलवार०४:४५:५८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार