आज देशैभरबाट एमाले महाधिवेशन प्रतिनिधि छानिँदै, बहानाबाजी गरेर नसार्न निर्देशन

आज देशैभरबाट एमाले महाधिवेशन प्रतिनिधि छानिँदै, बहानाबाजी गरेर नसार्न निर्देशन

२०८२, मंसिर १४ शनिवार

  • 541
    SHARES

  • आज देशैभरबाट एमाले महाधिवेशन प्रतिनिधि छानिँदै, बहानाबाजी गरेर नसार्न निर्देशन

    काठमाडौं । नेकपा एमालेको आसन्न महाधिवेशनलाई लिएर आज देशभर प्रतिनिधि चयन गरिँदैछ । केही जिल्लामा भने प्रतिनिधि सर्वसम्मत छानिसकेका छन् ।

    शुक्रबार साँझसम्म सर्वसहमतिका लागि अन्तिम प्रयास गर्ने र नभएमा आज निर्वाचन प्रक्रियामा गएर प्रतिनिधि छनौट गर्न निर्देशन जारी भइसकेको छ ।

    महाधिवेशन प्रतिनिधिका लागि तोकिएको कोटाभन्दा बढी उम्मेदवार भएपछि धेरै ठाउँमा चुनावमै जानुपर्ने अवस्था आएको छ ।

    पार्टीको संगठन विभागले केहै दिनअघि ५ बुँदे निर्देशन जारी गर्दै कुनै पनि बहानामा प्रतिनिधि छनौटलाई आजबाट नसार्न भनिसकेको छ । सबै प्रतिनिधिको नामावली पठाउन सोमबारको डेडलाइन छ ।

    एमालेका संगठित सदस्य ६ लाख ६७ हजार ६३० बाट प्रतिनिधि चुनिदै छन् । झण्डै २२ सय प्रतिनिधि रहने महाधिवेशनका लागि यसपटक प्रत्येक संघीय निर्वाचन क्षेत्रबाट कम्तीमा एक जना युवा प्रतिनिधिको कोटा सुरक्षित गरिएको छ ।

    २०८२, मंसिर १४ शनिवार०८:३२:५३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार