इन्टरमियामीलाई इस्टर्न कन्फ्रेन्स प्लेअफको उपाधि, टोली पहिलो पटक एमएलएस कपको फाइनलमा

इन्टरमियामीलाई इस्टर्न कन्फ्रेन्स प्लेअफको उपाधि, टोली पहिलो पटक एमएलएस कपको फाइनलमा

२०८२, मंसिर १५ आइतवार

  • 549
    SHARES

  • इन्टरमियामीलाई इस्टर्न कन्फ्रेन्स प्लेअफको उपाधि, टोली पहिलो पटक एमएलएस कपको फाइनलमा

    एजेन्सी । अर्जेन्टिनी स्टार लियोनेल मेसी प्रेरित इन्टरमियामीले अमेरिकामा जारी इस्टर्न कन्फ्रेन्स प्लेअफको उपाधि जितेको छ। आइतबार बिहान सम्पन्न फाइनलमा इन्टर मियामीले न्यूयोर्क सिटी एफसीलाई ५-१ ले पराजित गर्दै उपाधि जितेको हो।

    जितसँगै मियामीले क्लब इतिहासमै पहिलो पटक एमएलएस कपको फाइनल यात्रा सुरक्षित गरेको छ। अब मियामी आगामी शनिबार फोर्ट लडरडेलस्थित आफ्नै मैदानमा एमएलएसको उपाधिका लागि प्रतिस्पर्धा गर्दैछ।

    इस्टर्न कन्फ्रेन्सको उपाधि जित्ने क्रममा मियामीका ताडेओ अयेन्देले ह्याट्रिक पुरा गरेका थिए। सेमिफाइनलमा सिन्सिनाटीविरुद्ध पनि दुई गोल गरेका २६ वर्षीय अर्जेन्टिनी फरवार्डले यो पटक पनि सनसिनपूर्ण प्रदर्शन गरे। उनले खेलको १४औं मिनेटमै सर्जियो बुस्केट्सको उत्कृष्ट पासमा अफसाइड ट्र्याप गर्दै टिमलाई अग्रता दिलाएका थिए।

    त्यसपछि १७औं मिनेटमा जोर्डी आल्बाको क्रसमा उनले शानदार हेडरमार्फत टिमको अग्रता दोब्बर बनाए। पहिलो हाफको अन्त्यतिर न्यूयोर्कका जस्टिन हाकले फ्रिकिकबाट गोल फर्काए पनि उनको गोल शान्तवना गोलका रुपमा मात्र सिमित भयो।

    दोस्रो हाफमा न्यूयोर्कले बराबरीको प्रयास गरेपनि ६७ औं मिनेटमा मेसीको काउण्टर अट्याकमा लगेको बलमा डे पल र आल्बाबीचको समन्वयमा मेसीलेनै दिएको पासमा माटेओ सिल्भेटीले गोल गर्दै टिमलाई ३-१ को अवस्थामा पुर्याए।

    खेलको ८३औं मिनेटमा टेलास्को सेगोभियाले मियामीको चौथो गोल थपे। त्यसपछि खेल सकिन एक मिनेट बाँकी हुँदा अयेन्देले आफ्नो ह्याट्रिक पूरा गर्दै मियामीलाई ५-१ प्रभावसालि जित सहित उपाधि दिलाएका थिए।

    इन्टर मियामीले अब पश्चिमी कन्फ्रेन्स फाइनलको विजेतासँग एमएलएस कप जितका लागि प्रतिस्पर्धा गर्ने छ। जसमा सान डिएगो एफसी र भ्यानकूभर ह्वाइटक्याप्स मध्ये एक टिमले मियामीको सामना गर्ने छ।

    २०८२, मंसिर १५ आइतवार०९:४७:५४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार