एमाले महाधिवेशन : उपत्यका विशेष प्रदेशबाट छानिए ३० प्रतिनिधि

एमाले महाधिवेशन : उपत्यका विशेष प्रदेशबाट छानिए ३० प्रतिनिधि

२०८२, मंसिर १५ आइतवार

  • 633
    SHARES

  • एमाले महाधिवेशन : उपत्यका विशेष प्रदेशबाट छानिए ३० प्रतिनिधि

    काठमाडौं । नेकपा एमालेको आसन्न ११औं महाधिवेशनका लागि उपत्यका विशेष प्रदेशबाट ३० जना प्रतिनिधि छनोट भएका छन् ।

    एमाले पोलिटव्युरो सदस्य सुजिता शाक्यको ईन्चार्जसिपमा रहेको विशेष प्रदेश अन्तर्गतका ४ जिल्ला कमिटी मध्ये पेशागत, मजदुर र उद्योग व्यवसायमा सर्वसम्मत हुन नसकेपछि मतदानबाट प्रतिनिधि चयन भएका हुन् भने युवा विद्यार्थी विशेष जिल्ला कमिटीमा सर्वसम्मत चयन भएका छन् । 

    सार्वजनिक प्रशासनको क्षेत्रबाट सेवा निवृत्त भएसँगै राजनीतिमा प्रवेश गरेका प्रदेश अध्यक्ष प्रेम कुमार पराजुली सहित सचिव मिलन धरेल, उपसचिवद्धय उर्मिला सुनुवार, जितेन्द्र श्रेष्ठ र इृन्दु आचार्य विशेष प्रदेश कमिटीबाट ५ प्रतिनिधि सर्वसम्मत चयन भएका छन् ।

    त्यस्तै, अध्यक्ष पराजुलीको आधारक्षेत्रको रुपमा रहेको पेशागत विशेष जिल्लामा मतदानबाट प्रतिनिधि चुनिएका छन् । यसरी चुनिनेमा लेखनाथ कोईराला, प्रयास शाह, धर्मराज मैंनाली, मोहनकुमार पराजुली, एस किरण, प्रेरणा न्यौपाने, अणु धमला र आशुतोश शर्मा रहेका छन् । निर्वाचित सबै प्यानलै बनाएर चुनाव लडेका थिए ।

    त्यस्तै, मजदुर विशेष जिल्ला कमिटीबाट सार्की तामाङ, बिकि श्रेष्ठ, तुलसी शिवाकोटी, किरण माली र बिजया खड्का निर्वाचन मार्फत ५ प्रतिनिधि चुनिएका छन् । यसैगरि उद्योग व्यवसाय विशेष जिल्ला कमिटीबाट मदन भन्डारी, राजेन्द्र भन्डारी, मनिशा सुब्बा र यम प्रसाद तिवारी सहित ४ जना निर्वाचित भए भने अध्यक्ष गोविन्द प्रसाद घिमिरे पराजित भए । 

    यस्तै युवा विद्यार्थी विशेष जिल्ला कमिटीबाट अनेरास्ववियु पुर्व अध्यक्ष समिक कुमार बडाल सहित सुर्दशन सिवाकोटी, रामजी सापकोटा, वाङ्गछु योञ्जन लामा, नरेन्द्र प्रसाद न्यौपाने, धर्मलाल गिरी, कल्पना वाईवा र सुनिता भण्डारी सर्वसम्मत महाधिवेशन प्रतिनिधि चुनिएका छन् ।

    पेशागत र युवा विद्यार्थीबाट ८ - ८ प्रतिनिधि चुनिएका छन् । यससँगै उपत्यका विशेषबाट ३० प्रतिनिधि छनोट भए ।

    मतदान भएका जिल्ला कमिटीमा निर्वाचन कमिटीले निश्पक्ष र पारदर्शीपूर्ण जिम्मेवारी बहन नगरको आरोप भने प्रतिनिधिले लगाएका छन् । 

    २०८२, मंसिर १५ आइतवार०२:५३:४५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार