कांग्रेस भित्रको किचलो सहमति नजिक, २६–२९ पुसमा महाधिवेशन हुने !

कांग्रेस भित्रको किचलो सहमति नजिक, २६–२९ पुसमा महाधिवेशन हुने !

२०८२, मंसिर १५ आइतवार

  • 617
    SHARES

  • कांग्रेस भित्रको किचलो सहमति नजिक, २६–२९ पुसमा महाधिवेशन हुने !

    काठमाडौं । अन्ततः डेढ महिना देखिको कांग्रेस भित्रको किचलो सहमति नजिक पुगेको छ । १५औँ महाधिवेशनको मिति तय गर्न नेताहरूले आगामी २६ देखि २९ पुसलाई निकास बिन्दु बनाए सँगै संकट टर्ने देखिएको हो । यो मिति भोलिको केन्द्रीय समिति बैठकबाट पारित हुने एक नेताले जानकारी दिए । 

    आइतबार कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, नेता रमेश लेखक र प्रचार विभाग प्रमुख मीन विश्वकर्मासहितको छलफलबाट यस्तो सहमति जुटेको बताइएको छ ।

    सोमबारको केन्द्रीय समिति बैठकमा कार्यतालिकासम्बन्धी प्रस्ताव कार्यवाहक सभापति खड्काले नै पेस गर्नेछन् । कार्यवाहक सभापतिको प्रस्ताव छलफलका लागि नभएर निर्णयार्थ पेस हुनेछ । 

    पछिल्लो सहमति जुटाउने बैठकमा बस्दै आएका नेता रमेश लेखकले सोमबारको बैठकमा कार्यतालिका ल्याउनेगरी भएको छलफल सहमतिउन्मुख रहेको बताए । 

    यसअघि पार्टीका महामन्त्रीद्धय गगन कुमार थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री महेन्द्र यादवको महाधिवेशनका फरक–फरक प्रस्तावमा भने स्वतः निष्कृय गर्ने योजना बनाइएको बताइएको छ । कांग्रेसको २८ असोजदेखि जारी केन्द्रीय समिति बैठक पटक–पटक सर्दै भोलि सोमबारका लागि तय गरिएको छ । 

    २०८२, मंसिर १५ आइतवार०८:३५:५१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार