कुलमानमाथि शंकरको प्रहारः लोडसेडिङ हटाउने योजना एउटाको, जस पायो अर्कोले-पार्टी खोल्यो तेस्रोले

कुलमानमाथि शंकरको प्रहारः लोडसेडिङ हटाउने योजना एउटाको, जस पायो अर्कोले-पार्टी खोल्यो तेस्रोले

२०८२, मंसिर १९ बिहिवार

  • 553
    SHARES

  • कुलमानमाथि शंकरको प्रहारः लोडसेडिङ हटाउने योजना एउटाको, जस पायो अर्कोले-पार्टी खोल्यो तेस्रोले

    काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले लोडसेडिङ हटाउने योजनालाई गुमराहमा राख्दै तेस्रो पक्षले त्यसकै नाममा पार्टी खोलेको टिप्पणी गरेका छन् ।

    ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले ‘उज्यालो नेपाल पार्टी’ घोषणा गरेकामा इंगित गर्दै महासचिव पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा यस्तो टिप्पणी गरेका हुन् ।

    उनले फेसबुकमा लेखेका छन्, ‘लोडसेडिङविरुद्ध उज्यालो नेपालको योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेस्रोले । जसको योजना उसैलाई श्रेय दिने कहिले ?’

    उनले नेपाललाई लोडसेडिङमुक्त गर्ने योजना एमाले अध्यक्ष केपी शर्मा ओलीको भएको दाबी गर्दै आएका छन् ।

    पोखरेलले ७ मंसिर २०८१ मा काठमाडौँको दरबारमार्गमा एमालेले गरेको जागरणसभामा भनेका थिए, ‘केपी ओली पहिलोपटक प्रधानमन्त्री हुँदा नेपालमा १८ घण्टा लोडसेडिङ हुन्थ्यो । आधारभूत लोडसेडिङ एक वर्षभित्र हल गर्ने योजना तयार गर्ने प्रधानमन्त्रीका रूपमा पनि केपी शर्मा ओली रहनुभयो ।’

    त्यस्तै, कुलमान स्वयंले विभिन्न सञ्चारगृहमा अन्तर्वार्ता दिँदा लोडसेडिङ हटाउने योजना पुर्व प्रधानमन्त्री ओलीको रहेको बताएका थिए । यद्यपि पछिल्लो समयमा भने मौन रहँदै आएका छन् ।

    उनी पार्टी सञ्चालनमा यसै विषयलाई उपयोग गर्ने योजनामा देखिन्छन् । 

    २०८२, मंसिर १९ बिहिवार१२:४२:१५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार