हितेन्द्रदेव शाक्यलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा बहाली गराउन सर्वोच्चको आदेश

हितेन्द्रदेव शाक्यलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा बहाली गराउन सर्वोच्चको आदेश

२०८२, मंसिर २४ मंगलवार

  • 629
    SHARES

  • हितेन्द्रदेव शाक्यलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा बहाली गराउन सर्वोच्चको आदेश

    काठमाडौँ । सर्वोच्च अदालतले हितेन्द्रदेव शाक्यलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको रुपमा काम गर्न दिन आदेश दिएको छ।

    न्यायाधीश नहकुल सुवेदी र श्रीकान्त पौडेलको इजलासले शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्बहाली गर्न आदेश दिएको हो।

    जेन–जी आन्दोलनपछि बनेको अन्तिरिम सरकारका उर्जामन्त्री कुलमान घिसिङको प्रस्तावमा असोज ५ गतेको मन्त्रिपरिषद् बैठकले शाक्यलाई हटाएर मनोज सिलवाललाई कार्यकारी निर्देशक बनाएको थियो।

    त्यसअघि केपी ओली नेतृत्वको सरकारले कुलमानलाई हटाएर शाक्यलाई कार्यकारी निर्देशक बनाएको थियो। आफू उर्जामन्त्री बनेपछि कुलमानले शाक्यलाई हटाएका थिए।

    २०८२, मंसिर २४ मंगलवार०४:४२:०६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार