रूसमा नाभाल्नीको समर्थनमा प्रदर्शन, दर्जनौ पक्राउ

रूसमा नाभाल्नीको समर्थनमा प्रदर्शन, दर्जनौ पक्राउ

२०७७, माघ ११ आइतवार

  • 2.0K
    SHARES

  • रूसमा नाभाल्नीको समर्थनमा प्रदर्शन, दर्जनौ पक्राउ

    माघ ११, मस्को ।

    रुसमा जेलमा रहेका विद्रोही नेता एलेक्सी नाभाल्नीको समर्थनमा निकालिएको प्रदर्शनबाट शनिवार दर्जनौँ व्यक्तिहरूलाई गिरफ्तार गरिएको छ ।

    रूसी प्रहरीले राजधानी मस्कोमा मानिसहरूलाई घरभित्रै रहन निर्देशन दिएको छ भने नाभाल्नीका निकटस्थहरूलाई शनिवारको प्रदर्शन अगाडि नै गिरफ्तार गरिएको छ ।

    गत आइतवार जर्मनीबाट स्वदेश फर्केका विपक्षी नेता नाभाल्नी पुटिनका कटु आलोचक मानिन्छन् । नाभाल्नीलाई विमानस्थलमा गिरफ्तार गरेपछि उनका समर्थकहरूले सामाजिक सञ्जालमार्फत आयोजना गरेको प्रदर्शन रुसका ६० सहरमा भएको बताइएको छ । 

    शनिबार पक्राउ पर्नेहरूमा नाभाल्नीकी धर्मपत्नीसहितका नाभाल्नीका निकट सहयोगीहरू भएका प्रदर्शनकारी समूहले बताएको छ ।

    रुसी विपक्षी नेता एलेक्सी नाभाल्नी पाँच महिना पहिले रूसको ओम्स्कबाट मस्कोका लागि एक विमानमा आउनेक्रमा अकस्मात विरामी परेको रिपोर्टपछि उनको विमानलाई आकस्मिक अवतरण गराई प्राथमिक उपचार दिइएको थियो ।

    पछि उनको उपचारका लागि परिवारको आग्रहमा जर्मनीले इच्छा देखाएपछि उनलाई गत अगस्टमा बर्लिन लगिएको थियो । त्यहाँ उपचारका क्रममा उनको खानामा बेहोस पार्ने सोभियतकालीन रसायन नोभिचोकको प्रयोग गरिएको दावी जर्मन ल्याबहरूले दावी गरेका छन् ।  

    करिब पाँच महिनाको जर्मनी बसाई र उपचारपछि उनी बर्लिनबाट नियमित उडानमार्फत् गत हप्ता रूसी राजधानी मस्को फिर्ता भएका थिए । ४४ वर्षीय नाभाल्नीलाई विमानस्थलको पासपोर्ट नियन्त्रण कक्षबाट प्रहरीले हिरासतमा लिएको छ ।- एजेन्सी । 

    २०७७, माघ ११ आइतवार०७:३०:२२
    प्रतिक्रिया
    सम्बन्धित समाचार