निष्ठाप्रेमी खरेलले दिए सचिवमा उम्मेदवारी, विवेकी महाधिवेशन प्रतिनिधिले अधिक मतले जिताउने आँकलन

निष्ठाप्रेमी खरेलले दिए सचिवमा उम्मेदवारी, विवेकी महाधिवेशन प्रतिनिधिले अधिक मतले जिताउने आँकलन

२०८२, मंसिर ३० सोमवार

  • 1.4K
    SHARES

  • निष्ठाप्रेमी खरेलले दिए सचिवमा उम्मेदवारी, विवेकी महाधिवेशन प्रतिनिधिले अधिक मतले जिताउने आँकलन

    काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीको प्यानलबाट खुला क्लस्टरको केन्द्रीय सदस्य उम्मेदवारमा परेका नेता अग्नि खरेलले सचिव पदमा उम्मेदवारी दिएका छन् ।

    स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री खरेलले आफ्नो योगदानको मुल्यांकन हुनुपर्ने भन्दै अध्यक्ष ओलीसँग सचिवमा आकांक्षा राखेका थिए । तर आफूभन्दा जुनियर व्यक्तिहरुलाई सचिव उम्मेदवार बनाइएपछि खरेलले देशभरका महाधिवेशन प्रतिनिधिबाट न्यायको याचना गरेका छन् ।

    २०३६ सालमा पार्टी सदस्य लिएर निरन्तर काममा रहेको र सधैं अध्यक्ष ओलीलाई पार्टी तथा राजकीय काममा सघाएको भन्दै खरेलले सचिवको दावी गरेका थिए ।

    त्यति मात्र हैन जिल्ला कमिटी इन्चार्ज भएर झापाको एमाले चलाएमान बनाउन महत्वपूरण भूमिका खेलेका खरेल निष्ठाको राजनीति गर्न रुचाउँछन् । न्यायको आँखाबाट सबैलाई समान व्यवहार गर्नुपर्ने मान्यता राख्ने खरेल शालिन र इमान्दार नेताका रुपमा परिचित छन् ।

    सहकर्मी र आफु भन्दा जुनियर न्यायाधिश भएर देशको सेवा गरिरहँदा उनी भने राजनीतिबाट जनताको सेवा गर्ने अठोटमा छन् ।

    कानूनको शासन, पारदर्शिता र जवाफदेहितालाई मुख्यमन्त्र मान्ने, नातावाद भन्दा पनि कार्यकर्ताप्रति झुकाव राख्ने खरेल प्रष्ट अडान राख्न सक्ने नेताका रुपमा समेत परिचित छन् । 

    त्यस्तै, उनी नेतृत्वलाई सहि निर्णय मात्र दिने जसका लागि अन्यायमा पर्दा पनि सहन गरि चुपचाप सहयोग गर्ने नेताका रुपमा समेत परिचित छन् ।

    २०८२, मंसिर ३० सोमवार०५:३१:४८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार