एमाले नेतृत्व चयनका लागि ८० विद्युतीय भोटिङ मेसिन प्रयोग गरिँदै

एमाले नेतृत्व चयनका लागि ८० विद्युतीय भोटिङ मेसिन प्रयोग गरिँदै

२०८२, पौष १ मंगलवार

  • 605
    SHARES

  • एमाले नेतृत्व चयनका लागि ८० विद्युतीय भोटिङ मेसिन प्रयोग गरिँदै

    काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि आज मतदान हुँदै छ । मध्याह्न १२ देखि साँझ ६ बजेसम्म मतदानका लागि समय तोकिएको छ । 

    मतदानका लागि ८० विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने एमालेले जनाएको छ । १० विद्युतीय भोटिङ मेसिन ‘ब्याकअप’मा राखिने भएको छ । 

    एमालेले गत बिहीबार विद्युतीय भोटिङ मेसिन प्रयोगका लागि सम्झौता गरेको थियो । शुक्रबार विद्युतीय भोटिङ मेसिन एमाले पार्टी कार्यालय च्यासलमा राखेर नमुना भोटिङ समेत गरिएको थियो । 

    महाधिवेशनमा १९ पदाधिकारीका निम्ति ४२ जनाले उमेदवारी दर्ता गराएका छन् । अध्यक्ष पदमा केपी शर्मा ओली र ईश्वर पोखरेल प्यानलै बनाएर मैदानमा उत्रिएका छन् । 

    २०८२, पौष १ मंगलवार०७:०१:०९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार