वर्गिय पक्षधर पोखरेलले दिए एमाले केन्द्रीय सदस्यमा उम्मेदवारी

वर्गिय पक्षधर पोखरेलले दिए एमाले केन्द्रीय सदस्यमा उम्मेदवारी

२०८२, पौष १ मंगलवार

  • 593
    SHARES

  • वर्गिय पक्षधर पोखरेलले दिए एमाले केन्द्रीय सदस्यमा उम्मेदवारी

    काठमाडौं । नेकपा (एमाले) निकट नेपाल निजामती कर्मचारी संगठनका पूर्व अध्यक्ष तथा आधिकारिक ट्रेड युनियनका पूर्व कार्यबाहक अध्यक्ष भोलानाथ पोखरेलले निजामती सेवाबाट अलग हुँदै एमालेको ११औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन् । 

    पोखरेलले सरकारी सेवाबाट अलग हुँदै श्रमिक खुल्ला कोटाबाट केन्द्रीय सदस्यमा उमेद्वारी दिएका हुन् । हक्की स्वभाव देखाउने तथा सबै तहका कर्मचारीहरुका संरक्षकका रुपमा परिचित पोखरेलले केही दिन अगाडी सरकारी सेवाबाट राजीनामा दिएका हुन्।

    राजीनामा दिनुअघि उनी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा शाखा अधिकृत पदमा कार्यरत थिए। कार्यरत रहँदै पेशागत महासंध नेपालको उपाध्यक्षको जिम्मेवारी निर्वाह गरिसकेका पोखरेल तल्लो तहबाटै भुमिगतकालिन पार्टी राजनीति गर्दै आएका नेता मध्येमा पर्दछन् ।

    १ वर्ष पछि उपसचिवमा बढुवा हुने पोखरेल पार्टीका सहकर्मी तथा कार्यकर्ताको तहबाट नेतृत्वका लागि सुझाव आएपछि मैदानमा आउनु परेको पोखरेलले जनाएका छन् । अब पूरै समय पार्टी राजनीतिमा सक्रिय रहने पोखरेलको भनाइ छ।

    २०८२, पौष १ मंगलवार०७:३१:४३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार