९८.४ प्रतिशत मत खसाल्दै सकियो एमालेको मतदान

९८.४ प्रतिशत मत खसाल्दै सकियो एमालेको मतदान

२०८२, पौष ३ बिहिवार

  • 473
    SHARES

  • ९८.४ प्रतिशत मत खसाल्दै सकियो एमालेको मतदान

    काठमाडौँ । नेकपा एमालेको ११ औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको मतदान अहिले बिहान सकिएको छ ।

    मतदानमा ९८.४ प्रतिशत मत खसेको छ ।

    मत गणना सुरू हुन कम्तीमा १० बज्ने केन्द्रीय निर्वाचन आयोगले जनाएको छ । भृकुटीमण्डपमा बुधबार बिहान सवा ९ बजे शुरु भएको मतदान बिहीबार बिहान पौने ७ बजे सकिएको हो ।

    २ हजार २ सय ६३ प्रतिनिधिमा २ हजार २ सय २७ मत मात्र खसेको निर्वाचन आयोगले जनाएको छ ।

    मतदानमा केन्द्रीय सदस्यका उमेद्वार राजेन्द्र अर्याल, संजिव रोका सहित ३६ जनाले मतदान गरेनन् । 

    २०८२, पौष ३ बिहिवार०७:५३:३६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार