काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि 

काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि 

२०८२, पौष ८ मंगलवार

  • 573
    SHARES

  • काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि 

    काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि पुस ९ गते बस्ने भएको छ ।

    पार्टीको केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा यही पुस २६ गतेदेखि २९ गतेसम्म तोकिएको १५औँ महाधिवेशन, आगामी माघ ११ हुने राष्ट्रियसभाको निर्वाचन, आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलगायत समसामयिक विषयमा छलफल हुने बताइएको छ ।

    उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरुकोे उपस्थितिका लागि अनुरोध गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडैलले जानकारी दिनुभयो ।

    २०८२, पौष ८ मंगलवार०४:४१:३०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार