न्यु समिट सहित १०७ विद्यालयलाई खारेज गर्ने काठमाडौं महानगरको चेतावनी

न्यु समिट सहित १०७ विद्यालयलाई खारेज गर्ने काठमाडौं महानगरको चेतावनी

२०८२, पौष ८ मंगलवार

  • 841
    SHARES

  • न्यु समिट सहित १०७ विद्यालयलाई खारेज गर्ने काठमाडौं महानगरको चेतावनी

    काठमाडौं । सञ्चालन अनुमति लिएर सम्बन्धित वडामा सञ्चालन नभएका न्यु समिट सहित १०७ वटा विद्यालयलाई काठमाडौं महानगरले खारेज गर्ने चेतावनी दिएको छ । 

    महानगरले पुस ७ गते सोमवार एक सूचना जारी गर्दै बाबा बोर्डिंग स्कुल, ओलम्पिया, कोलम्बस लगाएत १०७ वटै विद्यालयको नाम सार्वजनिक गर्दै १५ दिने म्याद दिएको हो ।

    सम्बन्धित विद्यालयहरू सम्बन्धित वडामा सञ्चालनमा रहेका भए, घरभाडा सम्झौता, वहालकर तिरेको निसा, अध्ययनरत विद्यार्थीको विवरण वा अन्यत्र सञ्चालनमा रहेको भए, सोको निस्सा लिएर १५ दिनभित्र सम्पर्कमा आउन समेत महानगरले भनेको छ ।

    तत्पश्चात आवश्यक कारवाहीका लागि महानगर कार्यपालिका बैठकमा पेश गरिने पनि सुचनामा जनाइएको छ । 

    3.jpg4.jpg555.jpg6.jpg777.jpg8.jpg

    २०८२, पौष ८ मंगलवार१०:०१:३७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार