निर्वाचनबाट काँग्रेस भाग्दैन : नेता डा कोइराला

निर्वाचनबाट काँग्रेस भाग्दैन : नेता डा कोइराला

२०८२, पौष १६ बुधवार

  • 441
    SHARES

  • निर्वाचनबाट काँग्रेस भाग्दैन : नेता डा कोइराला

    काठमाडौँ । नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले काँग्रेस निर्वाचनबाट नभाग्ने बताउनुभएको छ । मोरङ समाज काठमाडौँको वार्षिक साधारणसभालाई मंगलवार उद्घाटन गर्दै उहाँले सरकारले निर्वाचनको आवश्यक वातावरण बनाए काँग्रेस निर्वाचनबाट नभाग्ने बताउनुभयो ।

    “काँग्रेस निर्वाचनबाट नभाग्ने तर हार्न तयार हुने लोकतान्त्रिक पार्टी हो, आवश्यक वातावरण बनाए काँग्रेस निर्वाचनबाट भाग्दैन”, उहाँले भन्नुभयो । सरकारले निर्वाचनका लागि आवश्यक वातावरण बनाउन नसकेको उहाँको भनाइ थियो ।

    नेता डा कोइरालाले सबै राजनीतिक दलले समानुपातिकतर्फको सूची बुझाइसके पनि शान्ति–सुरक्षाको अवस्था कमजोर रहेकाले निष्पक्ष र भयरहित ढङ्गले निर्वाचन सम्पन्न हुन्छ कि हुँदैन भन्ने प्रश्न रहेको बताउनुभयो ।

    “जेनजी आन्दोलनका क्रममा हजारौँ कैदीबन्दी भागेका छन्, प्रहरीका सयौँ हतियार लुटिएका छन्, प्रहरीको मनोबल खस्किएको छ, यस्तो अवस्थामा निर्वाचन गर्न सकिन्छ कि सकिँदैन”, उहाँले भन्नुभयो ।

    २०८२, पौष १६ बुधवार१०:००:४८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार