मदुरोलाई नियन्त्रणमा लिएपछि ट्रम्पले दिए डेनमार्क सहित अन्य देशहरूमाथि पनि धम्की

मदुरोलाई नियन्त्रणमा लिएपछि ट्रम्पले दिए डेनमार्क सहित अन्य देशहरूमाथि पनि धम्की

२०८२, पौष २१ सोमवार

  • 569
    SHARES

  • मदुरोलाई नियन्त्रणमा लिएपछि ट्रम्पले दिए डेनमार्क सहित अन्य देशहरूमाथि पनि धम्की

    एजेन्सी । भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोलाई अमेरिकाले आफ्नो नियन्त्रणमा लिएसँगै राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलासँगै अन्य राष्ट्रहरुलाई पनि धम्की दिएका छन्।

    सेनाको कारबाहीपछि पहिलो पटक मदुरोलाई आज न्यूयोर्क सिटीको अदालतमा उपस्थित गराइने तयारीबिच ट्रम्पले कोलम्बिया, ग्रिनल्यान्ड तथा क्युवालगायतका देशमाथि पनि उनले धम्किपूर्ण भाषा बोल्दै अमेरिकाले धेरै नसहने बताए।

    भनेजुएलामा ३२ जना क्युबाली नागरिकको समेत ज्यान गएका समाचारहरु सार्वजानि भएसँगै क्युवाले २ दिनको राष्ट्रिय शोक घोषणा गरेको छ। क्युवाका उच्च पदस्थ अधिकारीहरु समेत आक्रमणमा मारिएको हुन सक्ने जनाइएको छ। भेनेजुएलालाइ क्युवाले नजिकबाट सहयोग गर्दै आएको थियो। भेनेजुएलाले भने आधिकारिक रुपमा कति मारिए भन्ने बारे जानकारी गराएको छैन्। कतिपयले ४० भन्दाबढी उच्च अधिकारीहरु मारिएको बताएपनि पुष्टि हुन सकेको छैन्।

    ट्रम्पले कोलम्बियामा सैन्य कारबाही हुन सक्ने संकेत दिँदै लागुऔषध नियन्त्रणमा असफल भएको भन्दै मेक्सिकोलाई समेत आफ्नो काम ठिक ढंगले गर्न चेतावनी दिए। साथै, अमेरिकाले डेनमार्कको स्वामित्वमा रहेको ‘ग्रिनल्यान्ड’ पनि आफ्नो नियन्त्रणमा लिने चेतावनी दिए।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका अत्यन्त नजिकका र प्रशासनका सबैभन्दा प्रभावशाली सहयोगी मानिने स्टेफन मिलरकी पत्नीले शनिबार सामाजिक सञ्जाल एक्समा ग्रिनल्यान्डलाई अमेरिकाको झन्डाभित्र देखाउँदै उनले ‘छिट्टै’ लेखेकी थिइन्। केटी मिलरको उक्त पोस्टप्रति डेनमार्क र ग्रिनल्यान्डका नेताहरूले कडा प्रतिक्रिया जनाएका थिए।

    ग्रिनल्यान्डका प्रधानमन्त्री जेन्स(फ्रेडरिक नील्सनले केटी मिलरको पोस्टलाई ‘अपमानजनक’ भन्दै आलोचना गरेका थिए।

    २०८२, पौष २१ सोमवार१२:४१:११

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार