निर्वाचन आयोगको निर्णय : गगन नेतृत्वको कांग्रेस नै आधिकारिक 

निर्वाचन आयोगको निर्णय : गगन नेतृत्वको कांग्रेस नै आधिकारिक 

२०८२, माघ ३ शुक्रवार

  • 529
    SHARES

  • निर्वाचन आयोगको निर्णय : गगन नेतृत्वको कांग्रेस नै आधिकारिक 

    काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्य समितिलाई आधिकारिता प्रदान गरेको छ ।

    आयोगको आज दिनभर बसेको बैठकले दुवै पक्षका दावीलाई निप्टारा लगाउँदै थापा नेतृत्वको कार्य समितिलाई आधिकारिकता दिने निर्णय गरेको हो ।

    यो निर्णयसँगै नेपाली कांग्रेसको चुनाव चिह्न रुख र चारतारे झण्डासहित आधिकारिक कांग्रेसको सभापति गगन थापा बनेका छन् ।

    शेरबहादुर देउवा नेतृत्वको तत्कालीन संस्थापन पक्ष अब पार्टी र चुनाव चिह्नविहीन बनेको छ । उक्त पक्षलाई आयोगले दलको नाम र चुनाव चिह्न रोज्न समय दिनेछ ।

    २०८२, माघ ३ शुक्रवार०७:३२:१८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार