सानेपामा देउवा पक्षको बैठक, आगामी रणनीति बनाइँदै

सानेपामा देउवा पक्षको बैठक, आगामी रणनीति बनाइँदै

२०८२, माघ ४ शनिवार

  • 661
    SHARES

  • सानेपामा देउवा पक्षको बैठक, आगामी रणनीति बनाइँदै

    काठमाडौं । नेपाली कांग्रेसको देउवा समूहको केन्द्रीय कार्यसमितिको बैठक ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको छ।

    पार्टीभित्रको आन्तरिक विवाद र विशेष महाधिवेशनपछि उत्पन्न परिस्थितिका बीच बोलाइएको यस बैठकमा सहभागी हुन नेताहरू सानेपा पुगेका हुन्।

    भृकुटीमण्डपमा सम्पन्न विशेष महाधिवेशनले नयाँ नेतृत्व चयन गरेको र निर्वाचन आयोगले समेत त्यसलाई आधिकारिकता दिएको सन्दर्भमा संस्थापन पक्षले यस बैठकलाई विशेष महत्त्वका साथ हेरेको छ।

    २०८२, माघ ४ शनिवार११:३०:१८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार