कनकाईमा विद्युत् शव दाहगृह स्थापनामा पहल शुरु

कनकाईमा विद्युत् शव दाहगृह स्थापनामा पहल शुरु

२०७७, माघ ११ आइतवार

  • 1.8K
    SHARES

  • कनकाईमा विद्युत् शव दाहगृह स्थापनामा पहल शुरु

    माघ ११, कनकाई ।

    झापाको कनकाई घाटमा विद्युत् शवदाह गृह निर्माण गर्न पहल शुरुआत भएको छ । अव्यवस्थित दाहसंस्कारबाट वातावरणमासमेत असर पु-याएको जनाउँदै कनकाई नगरपालिकाले सो पहल शुरु गरेको नगरप्रमुख राजेन्द्र पोखरेलले जानकारी दिए  ।

    कनकाईघाट सञ्चालक समितिलाई आवश्यक प्रक्रिया अघि बढाउन अनुरोध गर्दै उनले नगरपालिकाका तर्फबाट पहिलो चरणमा रु १० लाख उपलब्ध गराउने बताए ।  

    पवित्र कनकाई नदीको पूर्वी किनारमा रहेको कनकाई घाटको छैटौं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले वातावरणको शुद्धतामा जोड दिन र विद्युत् शवदाह गृह निर्माणमा एक जुट हुन सम्बन्धित सबैमा आग्रह समेत गरेका छन्  ।
     
    “सानो रकम, सबैको सहभागिता व्यवस्थित घाट, हाम्रो प्रतिबद्धता” भन्ने मूल नाराका साथ २०६७ सालमा स्थापना भएको सो  घाटमा हालसम्ममा पाँचवटा चितास्थल सञ्चालनमा आएको घाट समितिका अध्यक्ष प्रभाखर कडरियाले बताए ।

    संस्थाका संस्थापक, आजीवन, संरक्षक र सहयोगी सदस्यबाट प्राप्त रकमबाट दुई शव दाहस्थल निर्माण भएको हो भने विर्तामोड निवासी तिलरुपा खड्काले  जगत खड्काको स्मृत्तिमा तेस्रो चितास्थल निर्माण गरिदिएको बताइएको छ । 

    त्यस्तै मारवाडी सेवा समिति विर्तामोडबाट चौथो  र विर्तामोड निवासी द्वारिकालाल मित्तलका सुपुत्र प्रदीप मित्तल र परिवारबाट पाँचौ चितास्थल निर्माण भई सञ्चालनमा आएको संस्थाका अध्यक्ष कडरियाले जानकारी दिए ।

    उनले कोटीहोम क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्दै हालसम्म निर्माण भएका संरचनाको संरक्षण साथै सरसफाइमा विशेष ध्यान दिने प्रतिबद्धता  व्यक्त गरे ।

    २०७७, माघ ११ आइतवार०४:४९:२२
    प्रतिक्रिया
    सम्बन्धित समाचार