बालेन शाहको सुदूरपश्चिम दौडाहा : तीन जिल्लामा आज कार्यक्रम

बालेन शाहको सुदूरपश्चिम दौडाहा : तीन जिल्लामा आज कार्यक्रम

२०८२, माघ १६ बिहिवार

  • 589
    SHARES

  • बालेन शाहको सुदूरपश्चिम दौडाहा : तीन जिल्लामा आज कार्यक्रम

    बझाङ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) आज सुदूरपश्चिम प्रदेशको तीन जिल्लाका कार्यक्रममा सहभागी हुँदैछन्।

    पार्टीले जारी गरेको कार्यक्रम तालिकाअनुसार बालेन शाहले बझाङ, बाजुरा र अछाम जिल्लाका विभिन्न स्थानमा आम जनतासँग प्रत्यक्ष संवाद गर्नेछन्।

    कार्यक्रमको सुरुवात बिहान ७: ३० बजे बझाङको चैनपुरबाट हुनेछ। त्यसपछि बिहान ११:३० बजे बाजुराको सदरमुकाम मार्तडीमा जनसम्पर्क कार्यक्रम तय गरिएको छ।

    दिउँसो १२ :१५ बजे अछामको साँफेबगरमा तथा दिउँसो २ :१५ बजे मंगलसेनमा कार्यक्रम सम्पन्न गरिनेछ।

    राष्ट्रिय स्वतन्त्र पार्टीले सुदूरपश्चिम प्रदेशमा आफ्नो संगठन विस्तार र जनसमर्थन सुदृढ गर्न बालेन शाहको उपस्थितिलाई अवसरका रूपमा लिएको छ।

    पार्टीको चुनाव चिन्ह ‘घण्टी’लाई जनताबीच परिचित गराउने उद्देश्यले ‘घण्टी अभिवादन कार्यक्रम’ सञ्चालन गरिएको हो।

    २०८२, माघ १६ बिहिवार१०:५१:३८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार