जेन्जी आन्दोलन इपिसेन्टर काठमाडौं १ मा रेग्मीको अपत्यारिलो माहोल, कार्यकर्ता उत्साहित

जेन्जी आन्दोलन इपिसेन्टर काठमाडौं १ मा रेग्मीको अपत्यारिलो माहोल, कार्यकर्ता उत्साहित

२०८२, माघ २१ मंगलवार

  • 3.0K
    SHARES

  • जेन्जी आन्दोलन इपिसेन्टर काठमाडौं १ मा रेग्मीको अपत्यारिलो माहोल, कार्यकर्ता उत्साहित

    काठमाडौं । जेन्जी आन्दोलनको इपिसेन्टर अर्थात संसद भवन, सिंहदरवार लगाएतका महत्वपूर्ण निकाय रहेको काठमाडौं १ मा चुनावी सरगर्मी अपत्यारिलो ढंगले बढेको छ ।

    परम्परागतरुपमा नेपाली कांग्रेस अर्थात प्रकाशमान सिंहको किल्लाको रुपमा स्थापित यस क्षेत्रमा नेकपा एमालेबाट पुर्व नेपाल अडिटर्स एशोसिएसन (अडान) अध्यक्ष समेत रहेका स्थानिय युवा उमेद्वार मोहनराज रेग्मीको उमेद्वारी परे सँगै क्षेत्रीय चासो समेत बढेको छ ।

    लामा भाषण भन्दा पनि काममा विश्वास गर्ने र बोलेको कुरा पुरा गर्नुपर्छ भन्ने मान्यता राख्ने रेग्मी उमेद्वारको रुपमा चयन भएसँगै कार्यकर्ता उत्साहित देखिएका छन् । आफ्नै घरआँगनमा रहेको संसद भवन, सिंहदरवार र सर्वोच्च अदालत लगायत जल्दा आफु कैयौं दिन सुत्न नसकेको एवं जेन्जी भाईबहिनीका जायज मागलाई भने सम्बोधन गर्दै देश अगाडी बढ्नु पर्ने रेग्मीको भनाई छ ।

    काठमाडौं महानगरका चारवटा वडाहरु क्रमशः वडा नं १०, ११, २९ र ३१ पर्ने यस क्षेत्रमा गत स्थानिय तह निर्वाचनमा ३१ वडामा एमालेले जितेको थियो भने २९ वडामा झिनो अर्थात ५० मतले पराजित भएको थियो । त्यस्तै, अन्य वडामा नेपाली कांग्रेसले सहज जित हात पारेको थियो ।

    अर्थात, ४ वटै वडाका नेपाली कांग्रेसका अध्यक्षका उमेद्वारले ९ हजार ८ सय ९५ मत प्राप्त गर्दा एमाले अध्यक्षका उमेदवारले ९ हजार ५ सय ४१ मत प्राप्त गरेका थिए र यी दुईको मतान्तर ३ सय ५४ मत मात्र हो ।

    संघिय निर्वाचनमा २०६४ सालमा तत्कालिन एमाले उमेद्वार प्रदिप नेपाल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह सँग पराजित भएयता यस क्षेत्रलाई उपेक्षा गर्नाले नै ४ पटक हार व्यहोर्नु परेको स्थानिय राजु शर्माको गुनासो छ । त्यस भन्दा अगाडिका सबै चुनाव एमाले उमेदवारले जितेका थिए ।

    २०४८ सालमा मदन भण्डारी, २०५१ मा मनमोहन अधिकारी र २०५६ मा प्रदिप नेपाल यसै क्षेत्रबाट निर्वाचित हुन सफल भएका थिए । तर, सो समयको भूगोल महानगर हुँदै पुर्व उत्तर कुना नांग्लेभारे सम्म पर्दथ्यो । तत्पश्चात, २०७० मा विद्या न्यौपाने, २०७४ मा एमालेको समर्थनमा नेकपा माओवादीका अनिल शर्मा र २०७९ मा किरण पौडेलले द्धितिय स्थाननै जोगाउन सकेका थिएनन् ।

    स्थानिय तहमा नेपाली कांग्रेसकै हाराहारीमा रहेका एमाले मतहरु सहि उमेदवारले मात्र प्राप्त गर्ने कार्यकर्ताको बुझाई छ । २०७९ सालको निर्वाचनमा १२५ मत मात्रको झिनो अन्तरमा जित निकालेका सिंहले ०७४ को निर्वाचनमा पनि ८१८ मतान्तरले मात्र विजय प्राप्त गरेका थिए । 

    यी दुवै निर्वाचनमा हालका राप्रपा उपाध्यक्ष रविन्द्र मिश्र निकटतम प्रतिस्पर्धी हुन् । ०७४ सालको निर्वाचनमा वैकल्पिक राजनीतिको वकालत गर्ने मिश्र विवेकशिल साझा पार्टीबाट उमेद्वार रहेका थिए भने ०७९ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उमेदवार हुन् । राप्रपाबाटै मिश्र यसपटक पनि मैदानमा छन् तर प्रकाशमान छैनन् ।

    नेपाली कांग्रेसले यस निर्वाचनमा स्थानिय युवा प्रवल थापा क्षेत्रीलाई उमेदवार बनाएको छ । उनी नौलो उमेदवार हुन सक्ने कांगे्रस कार्यकर्ताको बुझाई देखिन्छ ।

    त्यस्तै, वैकल्पिक राजनीतिको वकालत गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी पुगेकी रन्जु दर्शना समानुपातिकबाट प्रत्यक्ष निर्वाचित हुने अभिलाषा साथ मैदानमा उत्रिएकी छिन् । युवा मतदाताका लागि दर्शनाका साथै सबै प्रमुख पार्टी उमेद्वार युवा देखिँदा चुनौति भने थपिन सक्न संकेत देखिएको छ ।

    त्यस्तै, एमाले उमेद्वार स्थानिय र विभिन्न संघसंस्थामा समेत आवद्ध रहेका कारण तथा अनुभवी एवं जुझारु कार्यकर्ताको लामो पंक्तिको अथक लगाव र विश्वाससँगै २०६४ साल यता हार बेहोरेको एमालेले यस पटक भने अपत्यारिलो जित निकाल्ने दाउमा देखिएको छ ।

    यो निर्वाचनमा यस क्षेत्रमा ४८ हजार ४ सय ८९ मतदाता रहेका छन् । निर्वाचित हुनेले ८ हजार हाराहारी मत प्राप्त गरे पुग्ने बहुपक्षिय प्रतिस्पर्धाले देखाएको छ । 

    २०८२, माघ २१ मंगलवार०८:४१:०१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार